५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समान अधिकार नदिएसम्म संविधान कार्यान्वयन हुँदैन: यादव

६ मंसिर २०७३, सोमबार ०८:२५

मङ्सिर ६, पर्सा । सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सबैलाई समान अधिकार नदिएसम्म संविधान कार्यान्वयन हुन नसक्ने बताएका छन् । 

सङ्घीय समाजवादी फोरम पर्साले सोमबार अयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधानलाई संशोधन गरी सर्वस्वीकार्य नबनाएसम्म संविधान कार्यान्वयन हुन नसक्ने बताएका हुन् । 

केही वर्ग र जातलार्ई मात्र अधिकार सम्पन्न बनाएको वर्तमान संविधानलाई संशोधन गरी मधेसी, महिला, मुस्लिम, आदिवासी जनजाति, दलित र विभेदमा पारिएका सबैलाई समान अधिकार प्रदान गरे संविधान कार्यान्वयन हुने नेता यादवको दाबी थियो । 

मधेसको मुद्दालाई ओझेलमा पार्न केही दलहरुले अङ्गीकृत नागरिकताबारे भ्रम सिर्जना गरेको अध्यक्ष यादवले बतए । 

नेपालमै जन्मिएका व्यक्तिमात्र नेपालको राष्ट्र प्रमुख हुनुपर्ने आफूहरुको मान्यता रहेको प्रस्ट गर्दै नेता यादवले अङ्गीकृत नागरिकलाई अन्तरिम संविधानमा उल्लेख भएअनुसारको अधिकार दिनुपर्ने विचार ब्यक्त गरे ।

अध्यक्ष यादवले सरकारले मधेसी मोर्चासँग कुनै सल्लाह नै नगरी चारबुँदे संशोधन प्रस्तावको हल्ला फिँजाएको आरोप लगाए । ‘‘प्रचारमा आएजस्तो चारबुँदे संशोधन प्रस्तावले कुनै समस्या समाधान नगर्ने भएकाले त्यसलाई मोर्चाले स्वीकार गर्दैन’’उनले भने । 

नेता यादवले संसद्, राज्यसभादेखि गाउँपालिकासमेतलाई जनसङ्ख्याका आधारमा टुङ्ग्याउनुपर्ने विचार व्यक्त गरे । तराई मधेसको भू–भागलाई नछुट्ने गरी राज्य पुनःसंरचना हुनुपर्ने र नेता यादवले पहिचान र सामथ्र्यका आधारमा प्रान्तको सीमा निर्धारण हुनुपर्ने उनको धारणा थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग