मङ्सिर ६, काठमाडौँ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागबमोजिम सरकारले तयार पारेको संविधान संशोधन प्रस्तावमा प्रमुख तीन दलबीच सहमति जुट्न सकेन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर ६, काठमाडौँ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागबमोजिम सरकारले तयार पारेको संविधान संशोधन प्रस्तावमा प्रमुख तीन दलबीच सहमति जुट्न सकेन"/>

२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधन प्रस्तावमा सहमति जुट्न सकेन

२०७३, ६ मंसिर सोमबार १५:५४


मङ्सिर ६, काठमाडौँ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागबमोजिम सरकारले तयार पारेको संविधान संशोधन प्रस्तावमा प्रमुख तीन दलबीच सहमति जुट्न सकेन । 

संविधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिन प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गर्नुभएको नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्षस्थ नेतासहितको बैठकमा एमालेले राष्ट्रिय हितविपरित संविधान संशोधन हुन लागेको भन्दै असहमति जनाएको छ । 

बैठकपछि काँग्रेस नेता तथा उपप्रधान एवम् गृहमन्त्री बिमलेन्द्र निधिले संविधान संशोधनका विषयमा यस अघि पटकपटक एमालेसँग सकारात्मक छलफल हुँदै आएको भए पनि आजको बैठकमा एमालेका नेताले असहमति जनाएको जानकारी गराउनुभयो । 

बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री दाहालले राख्नुभएको वैवाहिक अङ्गीकृत नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, प्रदेशको सीमाङ्कन र भाषा आयोग संशोधनका विषयमा छलफल भएको थियो । सत्ता पक्षका तर्फबाट काँग्रेस र माओवादी केन्द्रले राखेको संशोधनको प्रस्तावलाई एमालेले नमानेपछि अब मोर्चासँग छलफल गरी संशोधन प्रस्ताव अघि बढाइने उपप्रधानमन्त्री निधिले बताउनुभयो । 

प्रमुख तीन दलबीचको छलफलपछि एमाले उपाध्यक्ष भीमबहादुर रावलले संविधानका कुनै पनि धाराले कसैलाई भेदभाव नगरेको भन्दै संशोधनको औचित्य नभएको धारणा राख्नुभयो । “संविधानको कार्यान्वयन र निर्वाचन नगरी संशोधनको आवश्यकता किन ?” उहाँको प्रश्न थियो । व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्ष दललाई वेवास्ता गरी संशोधन प्रस्ताव अघि बढाइए मुठभेड निम्तने उहाँको धारणा थियो । 

सरकारले अघि सारेको संशोधनको प्रस्तावमा स्वयम् मोर्चाको पनि असहति रहेकाले त्यसको औचित्य नभएको भन्दै उपाध्यक्ष रावलले भन्नुभयो, “सत्ता पक्षले राष्ट्रिय हितविपरित संविधान संशोधन प्रस्ताव अघि बढाए हामी संसद् भित्र र बाहिर विरोध गर्छौँ ।” 

माओवादी केन्द्रका नेता वर्षमान पुनले पछिल्लो समयमा संशोधनका विषयमा सकारात्मक देखिएको एमालेले एक्कासि परिवर्तन गरेको धारणाले आफूहरु स्तब्ध भएको बताउनुभयो । संविधानको स्वीकार्यता बढाउन र संविधानबमोजिमका निर्वाचन गर्न संशोधनको आवश्यकता रहेको बताउँदै नेता पुनले भन्नुभयो, “एमालेको निर्णय अहङ्कार र दम्भ जस्तो देखियो ।” 

संविधान संशोधनले राष्ट्रिय एकता बलियो हुने बताउँदै उहाँले सबै जनता तथा पार्टीलाई विश्वास लिन पनि संविधान संशोधनको आवश्कता रहेको जोड दिनुभयो । 

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहाल, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षमान पुन, काँग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री निधि, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, एमालेका तर्फबाट अध्यक्ष केपीशर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता सुवास नेम्वाङ, उपाध्यक्षद्वय वामदेम गौतम र रावल सहभागी हुनुहुन्थ्यो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ