मंसिर ७, काठमाडौ । नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय नेता ऋषभदेव भट्टराई भ्रष्टाचार आरोपमा सोमबार पक्राउ परेका छन् । पक्राउपछि उनलाई टंगालस्थित अख्तियार द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर ७, काठमाडौ । नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय नेता ऋषभदेव भट्टराई भ्रष्टाचार आरोपमा सोमबार पक्राउ परेका छन् । पक्राउपछि उनलाई टंगालस्थित अख्तियार द"/>

2026-06-19 04:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई करोड भ्रष्टाचार गरेको भन्दै नयाँ शक्तिका नेता अख्तियार हिरासतमा

2016-11-22


मंसिर ७, काठमाडौ । नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय नेता ऋषभदेव भट्टराई भ्रष्टाचार आरोपमा सोमबार पक्राउ परेका छन् । पक्राउपछि उनलाई टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा राखिएको छ । 

सशस्त्र प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) समेत रहेका भट्टराई नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद्का सदस्य हुन् । उनी उक्त पार्टीका नेता डा. बाबुराम भट्टराई निकट मानिन्छन् । चितवनका भट्टराई उक्त पार्टीको भ्रातृसंगठन सामाजिक स्वयंसेवक नेपालको प्रस्तावित संयोजकसमेत हुन् ।

सशस्त्रको एआईजी हुँदा करिब दुई करोड रुपैयाँ बराबर गैरकानुनी सम्पत्ति (अकुत) जोडेको आरोपसहित उनलाई पक्राउ गरिएको हो । ‘उहाँविरुद्ध भ्रष्टाचारको उजुरी थियो । त्यही उजुरीका बयानमा डाकिएका बेला पक्राउ गरी अख्तियारको हिरासतमा लिइएको छ,' अख्तियार उच्च स्रोतले अन्नपूर्ण पोस्ट्सँग भन्यो, ‘छानबिन सकिएको छ । अभियोगपत्र तयार गरी मंगलबार नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।'

अभियोगपत्रसहित भट्टराईलाई अदालत हाजिर गराउने तयारीमा अख्तियार छ । उनी कतै भाग्न नसकून् र प्रमाण नष्ट नहोस् भनेर हिरासतमा लिनुपरेको स्रोतले बतायो । सुरक्षासेवामा प्रवेश गरेर अवकाश हुनुअघि २०७१ सम्मको जाँच अवधिका विभिन्न वर्षमा आफू र परिवारका सदस्यका नाममा चल-अचल सम्पत्ति खरिद एवं लगानी गरेको, परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको देखिएको, मनासिब कारणबिना हैसियतभन्दा बढी रकम आफू, पत्नी एवं अरू परिवारका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा मौज्दात देखिएको, विभिन्न वित्तीय संस्था एवं कम्पनीका सेयर खरिद तथा लगानी गरेको छानबिन क्रममा भेटिएको अख्तियारको दाबी छ । -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो