४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको हित विपरीत संविधान संशोधन नगर्न आग्रह

७ मंसिर २०७३, मंगलवार ०८:४२

मङ्सिर ७, काठमाडौँ । युवा सङ्घ नेपाल र अनेरास्ववियुले नेपाली जनताको इच्छा र भावना विपरीत संविधान संशोधन नगर्न आग्रह गरेका छन् । 

दुई सङ्गठनले आज संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै विदेशीको इशारामा संविधान संशोधनभन्दा कार्यान्वयनमा जोड दिन आग्रह गरे । सङ्घका अध्यक्ष राजीव पहारीले संविधान कार्यान्वयन प्रमुख प्राथमिकता भएकाले संशोधनतर्फ नअल्झन आग्रह गर्दै नेपालीको हितमा नभई विदेशीलाई रिझाउन संशोधनको प्रयास गर्न थालिएको आरोप लगाउनुभयो । 

“हिन्दीलाई राष्ट्रिय भाषा र अङ्गीकृत नागरिकलाई उच्च पदमा पु¥याउनका लागि संशोधनको प्रयास गरिँदैछ”, उहाँले भन्नुभयो – “संशोधन राष्ट्र हित विपरीत हुँदैछ । त्यो हामीलाई मान्य हुँदैन ।”  

अनेरास्ववियुका अध्यक्ष नवीना लामाले संशोधन केका लागि गर्न थालिएको भन्ने कुरा अन्योल छ भन्नुभयो । कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले संशोधन षडयन्त्रपूर्वक गर्न थालिएको आरोप लगाउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ