मङ्सिर ७, गुल्मी । गुल्मीको पुर्कोटदह गाविसमा सुत्केरी आमाको मृत्यु पछि दुई छोरी किरिया बसेका छन् । 

पुर्कोट दह– १ का दुर्गाप्रसाद भुसालकी पत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर ७, गुल्मी । गुल्मीको पुर्कोटदह गाविसमा सुत्केरी आमाको मृत्यु पछि दुई छोरी किरिया बसेका छन् । 

पुर्कोट दह– १ का दुर्गाप्रसाद भुसालकी पत"/>

१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुत्केरी आमाको मृत्युपछि नाबालक छोरी किरियामा

७ मंसिर २०७३, मंगलवार १०:३७


मङ्सिर ७, गुल्मी । गुल्मीको पुर्कोटदह गाविसमा सुत्केरी आमाको मृत्यु पछि दुई छोरी किरिया बसेका छन् । 

पुर्कोट दह– १ का दुर्गाप्रसाद भुसालकी पत्नी दुर्गा कुमारीको मृत्यु भएपछि किरियामा बसेका दुई छोरीले दागबत्ती पनि दिएका थिए । कात्तिक २० गते सुत्केरी भएकी २६ वर्षकी दुर्गा कुमारी २३ गतेदेखि बिरामी परेकी थिइन् । मङ्सिर ३ गते उपचारको क्रममा उनको मृत्यु भएको थियो । 

‘प्रसूति अवस्थामा पक्षघातले समेत थलापारेपछि उनकोे मृत्यु भएको हो,’ दर्गाकुमारीका छिमेकी तथा स्थानीय शिक्षक बोमबहादुर कुँवरले भन्नुभयो, ‘अहिले १३ वर्षकी सङ्गिता र ११ वर्षकी रमिता उनको किरिया बसेका छन् । 

गाउँलेकै सल्लाहअनुसार श्रीमान्लाई किरिया नबसालेर छोरीलाई किरिया बसालिएको हो । आठ र ६ वर्षका अरु दुई छोरीलाई भने सानै भएको कारणले किरियामा नराखिएको उहाँले बताउनुभयो । 

उनले जीवनको अन्तिम क्षणमा जन्माएकी नाबालिक छोरीलाई भने धर्मछोरी बानाएर पाल्नको लागि आफूले लगेको पुर्कोट दह बजारमा मेडिकल सञ्चालन गरिरहेका सिर्सेनी गाविस– ९ का विश्व भुसालले बताउनुभयो । 

दुर्गाकुमारी सुत्केरी भएको चार दिनपछि बायाँतर्फको शरीर नचल्ने गरेर ढलेकी थिइन् । आर्थिक अभावकाकारण उनलाई उपचार गर्न नलगिए पनि सिकिस्त अवस्थामा भने अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र त्यहाँबाट बुटवल प¥याइए पनि बढि खर्च लाग्ने भएपछि परिवारका सदस्यले उनको उपचारमा सहयोग जुटाउन सकेनन् । 

अहिले ती छोरीहरुको अध्ययनमा सहयोग पु¥याउन रकम सङ्कलन गरिरहेकाले सहयोग गर्न आग्रह गर्दै शिक्षक कुँबरले भन्नुभयो– ‘‘मेरै नेतृत्वमा सहयोग सङ्कलनको काम गरिरहेका छाँ र केही रकम सङ्कलन पनि भएको छ ।’’ रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एयर इण्डियाको जहाजमा शंकास्पद वस्तु भेटिएन, दिल्ली उडानको तयारी एमाले कार्यालयको जग्गादान प्रक्रिया तत्काल यथास्थितिमा राख्न अल्पकालीन आदेश रविले हिरासतमा कतिबेला भेटघाट गर्न पाउँछन्, बाँकी समय के गरेर बिताउँछन् ? बम राखिएको सूचनापछि दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा सर्च मुलुकभित्र वर्षेनी ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक: श्रममन्त्री भण्डारी सर्वोच्च अदालत कात्तिक १५ देखि १९ गतेसम्म बन्द रहने धोनीले आइपीएल खेल्ने इजरायली आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा ७० जनाको ज्यान गयो अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउनु उचित छैन : सांसद बडु सरकारले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउँछः गृहमन्त्री धनराज गुरूङमाथि अनुसन्धान गर्न गगन थापाको माग महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका गृहमन्त्रीलाई रास्वपा सांसदको आग्रह : लामिछाने भाग्दैनन्, बाहिरै राखेर अनुसन्धान होस् ज्योतिष डा.अधिकारी भन्छन् : ‘मुलुक मध्यावधिमा जान्छ, सरकार कामचलाउ हुन्छ’ बझाङमा जीप दुर्घटना, चारजना घाइते नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै ओलीले भने, ‘म आउन भ्याइँन गृहमन्त्री आउनुहुन्छ बैठकमा’ नेपाल प्रिमियर लिग: आठवटै टिमले पाए प्रशिक्षक, कुन टिममा को ? हालसम्मकै उच्च विन्दुबाट आज घट्यो सुनको भाउ, तोलाको कति? बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानद्वारा आत्महत्या