मङ्सिर ७, बनेपा । प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले दीक्षित विद्यार्थीलाई असल नागरिकको हैसियतले सेवामा नमुना प्रस्तुत गर्न आग्रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ७, बनेपा । प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले दीक्षित विद्यार्थीलाई असल नागरिकको हैसियतले सेवामा नमुना प्रस्तुत गर्न आग्रह"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दीक्षित विद्यार्थीलाई सेवामा नमुना प्रस्तुत गर्न आग्रह

७ मंसिर २०७३, मंगलवार १०:५८

मङ्सिर ७, बनेपा । प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले दीक्षित विद्यार्थीलाई असल नागरिकको हैसियतले सेवामा नमुना प्रस्तुत गर्न आग्रह गरेका छन् ।

विश्वविद्यालयको २२ औँ दीक्षान्त समारोहलाई आज काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्बोधन गर्दै उनले चिकित्सा क्षेत्र गम्भीर विषय भएकाले लापरबाही गर्न नहुने बताए। “हाम्रो आस र भरोसा तपाईँहरु नै हो, हामी उमेरको उत्तराद्र्धमा छौँ, त्यसैले तपाईँहरुको काँधमा गहन जिम्मेवारी आएको छ” प्रधानमन्त्रीले भने ।

उपाधि प्राप्त गरेपछि दीक्षितका काँधमा समाज र राष्ट्रप्रति जिम्मेवारी बढेको उल्लेख गर्दै उनले जीवन मानव समुदायको कल्याणमा समर्पित गर्न विद्यार्थीलाई आग्रह गरे ।

युनिभर्सिटी अफ वेस्टर्न सिडनी, अस्ट्रेलियाका उपकुलपति तथा प्रिसिडेन्ट प्रा डा बार्ने ग्लोभरले जनशक्ति उपयोग गर्न असीमित चुनौती भएको बताए। विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजु श्रेष्ठले आलोचना मात्र गर्ने बिग्रदो संस्कारलाई अन्त्य गर्नुपर्ने बताए ।

विश्वविद्यालयले चिकित्सा विधाका स्नातक र स्नातकोत्तर तहका एक हजार तीन सय ७७ विद्यार्थीलाई दीक्षित गरेको छ । दीक्षितमध्ये चिकित्सा विधामा सबैभन्दा उच्च एमसिएच डिएम उपाधि नौ जना, एमडी एमएस उपाधि एक सय ८९ जना, एमबिबिएस उपाधि नौ सय ४६, बिडिएस उपाधि १८, बिएस्सी नर्सिङ दुई सय दुई, बिएन एस उपाधि एक र बिपिटी १२ जनालाई प्रदान गरिएको थियो।

दीक्षितमध्ये भारतका ९३ र श्रीलङ्काका सात जना पनि छन्। उत्तीर्णमध्ये महिला ५२.५१ प्रतिशत छन्। उत्कृष्ट विद्यार्थीका रुपमा स्वर्ण पदक लुम्बिनी मेडिकल कलेजका विद्यार्थी प्रनिता राजभण्डारीलाई प्रदान गरिएको थियो। अहिलेसम्म विश्वविद्यालयबाट चिकित्सा विधामा कुल ११ हजार ४७ जना दीक्षित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ