मङ्सिर ७, बनेपा । प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले दीक्षित विद्यार्थीलाई असल नागरिकको हैसियतले सेवामा नमुना प्रस्तुत गर्न आग्रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ७, बनेपा । प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले दीक्षित विद्यार्थीलाई असल नागरिकको हैसियतले सेवामा नमुना प्रस्तुत गर्न आग्रह"/>
२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दीक्षित विद्यार्थीलाई सेवामा नमुना प्रस्तुत गर्न आग्रह

२०७३, ७ मंसिर मंगलवार १०:५८

मङ्सिर ७, बनेपा । प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले दीक्षित विद्यार्थीलाई असल नागरिकको हैसियतले सेवामा नमुना प्रस्तुत गर्न आग्रह गरेका छन् ।

विश्वविद्यालयको २२ औँ दीक्षान्त समारोहलाई आज काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्बोधन गर्दै उनले चिकित्सा क्षेत्र गम्भीर विषय भएकाले लापरबाही गर्न नहुने बताए। “हाम्रो आस र भरोसा तपाईँहरु नै हो, हामी उमेरको उत्तराद्र्धमा छौँ, त्यसैले तपाईँहरुको काँधमा गहन जिम्मेवारी आएको छ” प्रधानमन्त्रीले भने ।

उपाधि प्राप्त गरेपछि दीक्षितका काँधमा समाज र राष्ट्रप्रति जिम्मेवारी बढेको उल्लेख गर्दै उनले जीवन मानव समुदायको कल्याणमा समर्पित गर्न विद्यार्थीलाई आग्रह गरे ।

युनिभर्सिटी अफ वेस्टर्न सिडनी, अस्ट्रेलियाका उपकुलपति तथा प्रिसिडेन्ट प्रा डा बार्ने ग्लोभरले जनशक्ति उपयोग गर्न असीमित चुनौती भएको बताए। विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजु श्रेष्ठले आलोचना मात्र गर्ने बिग्रदो संस्कारलाई अन्त्य गर्नुपर्ने बताए ।

विश्वविद्यालयले चिकित्सा विधाका स्नातक र स्नातकोत्तर तहका एक हजार तीन सय ७७ विद्यार्थीलाई दीक्षित गरेको छ । दीक्षितमध्ये चिकित्सा विधामा सबैभन्दा उच्च एमसिएच डिएम उपाधि नौ जना, एमडी एमएस उपाधि एक सय ८९ जना, एमबिबिएस उपाधि नौ सय ४६, बिडिएस उपाधि १८, बिएस्सी नर्सिङ दुई सय दुई, बिएन एस उपाधि एक र बिपिटी १२ जनालाई प्रदान गरिएको थियो।

दीक्षितमध्ये भारतका ९३ र श्रीलङ्काका सात जना पनि छन्। उत्तीर्णमध्ये महिला ५२.५१ प्रतिशत छन्। उत्कृष्ट विद्यार्थीका रुपमा स्वर्ण पदक लुम्बिनी मेडिकल कलेजका विद्यार्थी प्रनिता राजभण्डारीलाई प्रदान गरिएको थियो। अहिलेसम्म विश्वविद्यालयबाट चिकित्सा विधामा कुल ११ हजार ४७ जना दीक्षित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा