स्थानीय शान्ति समिति महोत्तरीले आज जले"/>
स्थानीय शान्ति समिति महोत्तरीले आज जले"/>
मङ्सिर ७, गौशाला । शान्तिमन्त्री सीतादेवी यादवले संविधान संशोधनकै लागि वर्तमान सरकार गठन भएको बताएकी छिन ।
स्थानीय शान्ति समिति महोत्तरीले आज जलेश्वरमा आयोजना गरेको अन्तक्र्रियालाई सम्बोधन गर्दै उनले नेपाली काँगे्रस संविधान संशोधन गरी देशमा व्याप्त अशान्ति समाप्त गर्ने उद्देश्य बोकेर सरकारमा गएको बताइन ।
उनले मधेसी, आदिवासी, जनजातिलगायत संविधानप्रति असन्तुष्ट पक्षका मागमा प्रमुख प्रतिपक्षी नेकपाएमाले सहित अन्य दलसँग लगभग कुरा मिलिसकेकाले चाँडै संविधान संशोधन हुने विश्वास व्यक्त गरिन् ।
एक अर्को प्रसङ्गमा मन्त्री यादवले देशमा पुरानै संरचनामा स्थानीय चुनाव हुनुपर्ने बताएकी छिन । उनले देशमा रहेका पुराना संरचना बिग्रेभत्केका कारण अहिले नयाँ ढङ्गले चुनाव गराउँदा विभिन्न समस्या आउनसक्ने बताउँदै पुरानै संरचनामा चुनाव गराउँदा सबैका लागि सहज हुने दाबिसमेत गरिन् । रासस