ङ्सिर ९, काठमाडौं । मधेसी दलले १३ मंसिरभित्र संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गर्न भनेका छन् । 

सरकारले भने शुक्रबारसम्म संशोधन प्रस्ताव दर्ता"/> Sajhasabal

ङ्सिर ९, काठमाडौं । मधेसी दलले १३ मंसिरभित्र संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गर्न भनेका छन् । 

सरकारले भने शुक्रबारसम्म संशोधन प्रस्ताव दर्ता"/>

२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रस्ताव ल्याउँछु, फेल भए राजीनामा दिन्छु र जनतामा जान्छु : प्रधानमन्त्री

९ मंसिर २०७३, बिहीबार ०१:३९


ङ्सिर ९, काठमाडौं । मधेसी दलले १३ मंसिरभित्र संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गर्न भनेका छन् । 

सरकारले भने शुक्रबारसम्म संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेको छ । ‘मोर्चाको अल्टिमेटमभित्रै हामी संशोधन प्रस्ताव दर्ता गराउँछौँ,’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बलदेवले भने ।

कानुन मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले शुक्रबारसम्म संविधान संशोधन प्रस्ताव दर्ता गराउन निर्देशन दिएका छन् ।

सरकारको प्रस्तावबारे यस्तो छ तयारी

सरकारले प्रदेशको सीमांकन, नागरिकता, भाषा र राष्ट्रिय सभामा प्रतिनिधित्व गरी चार विषयमा संविधान संशोधनको तयारी गरेको छ । नागरिकतामा अन्तरिम संविधानमा उल्लेखित विषयलाई व्याख्या गरी प्रस्ट्याएर जाने तयारी छ ।

भाषामा भाषा आयोगको प्रतिवेदनका आधारमा संविधानको अनुसूचीमा समावेश गरेर जाने र राष्ट्रिय सभामा प्रतिनिधित्वका लागि तीन–चारजना सातवटै प्रदेशबाट सुनिश्चित गर्दै अन्य संख्यामा भने जनसंख्याका आधारमा प्रतिनिधित्व गराउने गरी संशोधन प्रस्ताव दर्ता गर्ने तयारी सरकारको छ ।

सीमांकनमा भने टुंगो लागेको छैन । स्रोतका अनुसार एमालेको असहमति रहे पनि मधेसी मोर्चा सहमतिमा आए एक खालको प्रस्ताव र मोर्चा पनि सहमतिमा नआएमा विगतमा कांग्रेस–एमालेले राखेको प्रस्तावलाई नै संशोधन प्रस्तावमा राख्ने योजना सरकारको छ ।

प्रचण्डका तीन तयारी

१) मधेसी दलको सहमतिमा संविधान संशोधनमा जाने

प्रधानमन्त्री प्रचण्डले सत्तारुढ दलको समझदारी र मधेसी मोर्चासँग सहमतिमा संविधान प्रस्ताव अगाडि बढाउने

२) सीमांकनमा कांग्रेस–एमालेको पुरानो प्रस्तावमा जाने

तत्कालीन संविधानसभाको संवैधानिक राजनीतिक तथा संवाद समितिमा कांग्रेस–एमालेले संयुक्त रूपमा सात प्रदेशको नौबुँदे प्रस्ताव दर्ता गरेका थिए । सो प्रस्तावमा उल्लेखित सीमांकन प्रस्तावलाई पनि प्रधानमन्त्रीले सहमतिको एउटा रोडम्याप हुनसक्ने आधार ठानेका छन् । उनले मोर्चासँगको बुधबारको छलफलमा पनि यसबारे जानकारी गराएका थिए ।

३) आफ्नै पार्टीको ११ प्रदेशको प्रस्ताव राख्ने र राजीनामा दिने

मधेसी मोर्चाका नेताहरूसँग प्रधानमन्त्री प्रचण्डले सरकारको प्रस्ताव पारित नहुने र सबै आ–आफ्नै अडानमा रहने भए आफू पनि पार्टीको पुरानै प्रस्तावमा फर्किने बताएका छन् । आफूलाई अप्ठ्यारो पार्न खोजेमा आफ्नो पार्टीले यसअघि राखेको प्रस्तावलाई संशोधनमा लैजाने र पदत्याग गर्न सक्नेसम्मको चेतावनी प्रचण्डले दिएको बैठकमा सहभागी मोर्चाका नेता केशव झाले जानकारी दिए ।

राज्य पुनर्संरचनाका विषयमा माओवादीले ११ प्रदेशको प्रस्ताव अगाडि सारेको थियो । अहिलेको संविधानमा सात प्रदेश राखिएकोमा माओवादीको नोट अफ डिसेन्ट थियो ।

संशोधनका विषय चुनावी नारा बनाउने दुई दलको रणनीति

संसद्मा संशोधन प्रस्ताव दर्ता गर्नासाथ प्रमुख प्रतिपक्षी एमालेले विरोध गर्ने योजना बनाएको छ । आफ्ना जनवर्गीय संगठनहरूलाई सडकमा विरोधका लागि पनि उतार्ने तयारी छ । संशोधनको प्रस्तावलाई नारा बनाएर चुनावी तयारीमा लाग्ने योजना एमालेको छ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले संविधान संशोधनको विषयलाई चुनावी नारा बनाउन खोजेको छ । एमालेको असहमतिमा संसद्को अंकगणितले संशोधन गर्न दुईतिहाइ नपुग्ने फोरमको विश्लेषण छ । यस्तो अवस्थामा सरकारले अगाडि बढाउने संशोधन प्रस्ताव संसद्मा अस्वीकृत हुने र असफल प्रस्तावको पक्षमा उभिनुभन्दा त्यसैलाई चुनावी नारा बनाएर जाँदा फाइदा हुने फोरमको बुझाइ छ ।

मधेसीसँग प्रधानमन्त्रीले भने, ‘प्रस्ताव ल्याउँछु, फेल भए राजीनामा दिन्छु’

प्रचण्ड प्रधानमन्त्री एमालेले संशोधन प्रस्तावलाई सहमति दिन्न भनेर स्पष्ट पारिसक्यो । मोर्चाका केही नेताहरूले चारबुँदे प्रस्ताव नमान्ने भनिरहनुभएको छ । त्यसैले स्थिति खराब बन्दै गएको छ, वास्तवमा म धर्मसंकटमा परेको छुु । सरकार बनाउँदा तीनबुँदे सहमतिमा संविधान संशोधन गर्ने भनिसकेकाले माओवादी र कांग्रेस संशोधनका लागि सहमत छन् ।

म जसरी पनि प्रस्ताव दर्ता गर्छु । तपाईंहरूले साथ दिने हो कि होइन प्रस्ट पार्नुस् । यदि प्रस्ताव फेल भयो भने गठबन्धन त भत्किन्छ नै मैले नैतिक हिसाबले राजीनामा पनि दिनुपर्छ । मोर्चाले प्रस्तावमा सहमति नजनाउने हो भने म एक्लै मेरो पार्टीको ११ प्रदेशको प्रस्ताव दर्ता गराउँछु अनि जनतामा जान्छु । ल भन्नुहोस्, तपाईंहरूको धारणा के छ ? -नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने