रमेश लम्साल/मङ्सिर १०, काठमाडौँ । गोरखा भूकम्पका कारण क्षतिग्रस्त माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य चाँडै सुरु हुने भएको छ । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रमेश लम्साल/मङ्सिर १०, काठमाडौँ । गोरखा भूकम्पका कारण क्षतिग्रस्त माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य चाँडै सुरु हुने भएको छ । 
"/>
२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माथिल्लो त्रिशूली ‘थ्री ए’ आयोजना: ऋणको अवधि पाँच वर्ष थप्न चिनियाँ पक्षलाई आग्रह

२०७३, १० मंसिर शुक्रबार १०:००

रमेश लम्साल/मङ्सिर १०, काठमाडौँ । गोरखा भूकम्पका कारण क्षतिग्रस्त माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य चाँडै सुरु हुने भएको छ । 

कुल ६० मेगावाट क्षमताको सो आयोजना गत वर्ष नै सम्पन्न हुनेपर्नेमा भूकम्पका कारण ढिलाई भएको हो । संसदीय समिति र विभिन्न सरोकारवाला निकायले पटक÷पटक आयोजना पुनःनिर्माण सुरु गर्न आग्रह गरेपनि कसरी अगाडि बढाउने भन्नेबारे निर्णयमा नपुग्दा समस्या भएको छ । 

आयोजनाका लागि ऋणदाता चिनियाँ आयात निर्यात बैंकलाई पाँच वर्ष ऋणको अवधि थप गरिदिन अर्थ मन्त्रालयले आग्रह गरेपछि चिनियाँ पक्ष सहमत भएको बताइएको छ । अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित सरोकारवाला निकायका बीच भएको छलफलमा सो आयोजना अगाडी बढाउन चिनियाँ पक्ष सहमत भएको हो । 

निर्माणको जिम्मा लिएको चाइना गेजुवा गु्रप अफ कम्पनी (सीजीजीसी)ले यही मङ्सिर अन्तिम साताबाट निर्माण कार्य अघि बढाउने भएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले बताउनुभयो । बाँधको दुवैतर्फका संरचना नेपाल सरकार आफैले निर्माण गनुपर्नेछ । सो कार्यका लागि अर्थ मन्त्रालयले रु ६१ करोड बजेट उपलब्ध गराउने भएको छ । 

विसं २०७३ असार १६ गतेदेखि विद्युत उत्पादन सुरु गर्नुपर्ने सम्झौता भए पनि उक्त आयोजनाको निर्माण कार्यमा भूकम्पका कारण ढिलाइ भएको हो । आयोजनाको मुख्य काम रोकिएको भए पनि प्रसारण लाइनको काम भने भइरहेको छ । कुल २६ वटा टावरमध्ये २४ वटाको फाउन्डेसनको काम अगाडि बढेको छ । केही स्थानमा मुआब्जामा चित्त नबुझाएर स्थानीयवासीले अवरोध गरे पनि प्रसारण लाइन निर्माणमा खासै समस्या नरहेको बताइन्छ । 

भूमीगत (सुरुङभित्रै) विद्युत् उत्पादन गर्ने संरचना निर्माण गरी नुवाकोटको मनकामनास्थित फालेटारमा बाँध बाधेर सिम्लेमा विद्युतगृह बनाउने योजना अनुसार अघि बढेको काम भूकम्पले बाँध पुग्ने सडकमा क्षति पु¥याएपछि आयोजना रोकिएको थियो । 

उत्पादन गृह सिम्लेबाट बाँधस्थलसम्मको पाँच किलोमिटर सडक सुचारु नहुदाँ रु आठ अर्ब ९० करोडको आयोजना अलपत्र परेको थियो । पहुँच मार्गसँगै मुख्य समस्या बाँधको दायाँतर्फको पहिरो र सुरुङ मार्गको प्रवेश विन्दुमा आएको पहिरोले आयोजना निर्माण रोकिएको हो । सडक खुलाउनका लागि नेपाली सेनालाई जिम्मा दिने तयारी गरिएको छ । 

सेनाले यसअघि पनि उक्त आयोजनाको पहुँचमार्ग सुधार गरेको थियो । तर वर्षातको समयमा पुनः पहिरो झरेपछि आयोजनाको पहुँचमार्ग अवरुद्ध हुँदै आएको छ । भूकम्पपछि ठेकेदार निर्माणमा नफर्कदा, सडक मार्ग सुचारु नहुँदा माथिल्लो त्रिशूली ‘थ्रि ए’ लामो समयदेखि अलपत्र बनेको थियो । ‘थ्रि ए’ निर्माण गरी त्यसको पानी बाँध बाँधेर ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘थ्रि बी’ र ६५ मेगवाट क्षमताको मध्य त्रिशूली गङ्गा जलविद्युत आयोजना निर्माण गर्ने तयारी भए पनि मूख्य आयोजनाको अन्यौलताले यी आयोजना समेत रोकिएका छन् । 

भूकम्पले माथिल्लो त्रिशुली ‘थ्रि ए’ आयोजनाको चार हजार ७६ मिटर लम्बाईको सुरुङ, निर्माण सामाग्रीका साथै आयोजना निर्माणमा प्रयोग भएका सवारी साधनमा समेत क्षति पुगेको थियो । सन् २०११ को जुनबाट काम सुरु भएकोे आयोजना २०१४ को मे र पछि २६ महिना म्याद थप गरी सन् २०१६ जुन ३० मा सम्पन्न गर्ने गरी चीनको चाइना गेजुवा गु्रप अफ कम्पनीले ठेक्कामा लिएको थियो । 

ऊर्जा मन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका उच्च अधिकारीलगायतले केही समय पहिला स्थलगत अध्ययन गरी उक्त आयोजनाको निर्माण शीघ्र सुरु गर्न आवश्यक पहल गर्ने बताउनुभएको थियो । 

निर्माणस्थलमा ठेकेदारले बिमा कम्पनीका प्रतिनिधि लगेर थप अध्ययन गर्ने र निर्माण सामग्रीलगायत संरचनामा पुगेको क्षतिको समेत मूल्याङ्कन गर्नेछ । भूकम्पका कारण ठेकेदारले करिब रु एक अर्ब बराबरको क्षती पुगेको दावी गर्दै आएको छ । निर्माण सुरु गरेको डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गर्ने तयारी गरिएको आयोजना प्रमुख जोशीको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ