मङ्सिर १७, काठमाडौँ | चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका प्रा.डा. गोविन्द केसी पक्ष र सरकारी टोलीबीचको वार्ता बिहीबार पनि निष्कर्षविहीन भएको छ । त्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १७, काठमाडौँ | चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका प्रा.डा. गोविन्द केसी पक्ष र सरकारी टोलीबीचको वार्ता बिहीबार पनि निष्कर्षविहीन भएको छ । त्र"/>
२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा. केसीको अनसन २० औं दिन, मध्यरातसम्मको वार्ता पनि असफल

२०७३, १७ मंसिर शुक्रबार ०२:२६

मङ्सिर १७, काठमाडौँ | चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका प्रा.डा. गोविन्द केसी पक्ष र सरकारी टोलीबीचको वार्ता बिहीबार पनि निष्कर्षविहीन भएको छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त डिन प्रा.डा. केपी सिंहले राजीनामा दिन नमानेपछि केसीले अनशन जारी राखेका छन् । 

नवनियुक्त डिन सिंहलाई हटाउनुपर्ने डा. केसीको प्रमुख माग छ । शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापाले बिहीबार डिन सिंहलाई राजीनामा गराउने प्रयास गरेका थिए । यसका लागि शिक्षा मन्त्रालयमा त्रिवि पदाधिकारीसहित राति ११ बजेसम्म छलफल गरे पनि कुनै निर्णय हुन सकेन । कानुनअनुसार बर्खास्त गर्न नमिल्ने देखेपछि डिन सिंहको राजीनामा गराएर डा. केसीको जीवनरक्षा गर्ने प्रयास मन्त्रीहरूको थियो । स्रोतका अनुसार दुवै मन्त्रीले डिन सिंहलाई राजीनामा दिन आग्रह गरेका थिए ।

तर, सिंहले आफूले आइओएमका फ्याकल्टीहरूसँग छलफल गर्नुपर्ने र आफ्नो राजीनामाले समस्या समाधान हुनेमा शंका व्यक्त गरेका थिए । डा. केसी पक्षले बुधबारको छलफलमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडिन प्रा.डा. रमेशकान्त अधिकारी संयोजकत्वको उच्चस्तरीय अध्ययन समितिले बनाएको मापदण्ड कार्यान्वयन गर्न कुलपति तथा सहकुलपतिको प्रतिबद्धता खोजेका थिए ।

समितिले बिहीबार डिन नियुक्तिको मापदण्डबारे उपकुलपतिलाई प्रतिवेदन बुझाएको छ । सोही प्रतिवेदन अध्ययन गर्न र फ्याकल्टीसँग छलफल गर्न पाउनुपर्ने अडान राखेर डा. सिंहले राजीनामा दिन मानेका थिएनन् । – नयाँ पत्रिका  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा