मङ्सिर २१, काठमाडौं | प्रमुख प्रतिपक्षको सहमतिविनै संविधान संशोधन अघि बढाएको सरकारले एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमतिकै आधारमा संशोधन विधेयक पारित "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २१, काठमाडौं | प्रमुख प्रतिपक्षको सहमतिविनै संविधान संशोधन अघि बढाएको सरकारले एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमतिकै आधारमा संशोधन विधेयक पारित "/>
२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार संशोधनबाट पछी नहट्ने

२०७३, २१ मंसिर मंगलवार ०२:०४

मङ्सिर २१, काठमाडौं | प्रमुख प्रतिपक्षको सहमतिविनै संविधान संशोधन अघि बढाएको सरकारले एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमतिकै आधारमा संशोधन विधेयक पारित गराएर अन्य राष्ट्रिय समस्याको हल गर्न चाहेको बताएको छ । सहमति जुट्नै नसकेको अवस्थामा भने व्यवस्थापिका–संसद्मा निर्वाचनको माध्यम अँगाल्ने अडान सरकारको छ । 

असन्तुष्ट पक्षको माग सम्बोधन गर्न संविधान संशोधन विधेयक दर्ता गरेको दाबी गरेको सरकारले एमालेले संशोधनमा सहयोग नगरे सदन खुलाउन मनाएर संशोधन प्रक्रिया अगाडि बढाउने गृहकार्यमा जुटेको छ ।

संविधान संशोधन, स्थानीय तहको निर्वाचनलगायत विषयमा सहमति जुटेको खण्डमा एमालेसँग सहमति जुटाएर अघि बढ्ने तर सहमति नजुटेको अवस्थामा एमालेविना नै प्रक्रिया अगाडि बढाउने तयारी सरकारको छ । एमाले संशोधनविरुद्ध सडक आन्दोलनमा ओर्लिएपछि सहमति जुट्ने सम्भावना क्षीण बनेको भन्दै सरकारले प्रतिपक्षी दलसँग भन्दा पनि मधेसी मोर्चासँग छलफल गरेर दुई तिहाइका आधारमा संशोधन विधेयक पास गराउने पक्षमा लागेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको निजी सचिवालयले प्रधानमन्त्री सर्वसम्मत रूपमा संशोधन विधेयक पास गराएर सहमतिमा नै निर्वाचन मिति तोकेर अघि बढ्ने गरी छलफलमा रहेको बताएको छ । सचिवालयले सहमति जुट्नै नसकेको अवस्थामा प्रक्रियाबाटै भए पनि विषयलाई हल गर्ने तयारी रहेको बतायो र प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार नारायण दाहालले प्रधानमन्त्रीको जोड सहमतिमा नै रहेको भन्दै सर्वसम्मति नजुटेको अवस्थामा प्रक्रिया अगाडि बढाउने सोचमा सरकार रहेको खुलाए । ‘अहिले सर्वसम्मत रूपमा संशोधन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री लागिरहनुभएको छ,’ दाहालले भने, ‘सर्वसम्मत रूपमा निकास ननिस्किए संसदीय व्यवस्थाअन्तर्गत यो प्रक्रिया अघि बढ्नेछ ।’ दाहालका अनुसार संसद्मा विधेयक टेबुल गराउने काम सरकारले गर्नेछ ।

प्रधानमन्त्रीले अहिले पनि संशोधनसहित निर्वाचनलगायत राष्ट्रिय मुद्दामा सहमतिकै आधारमा अघि बढौं भनेर छलफल गरिरहेको उनको भनाइ छ । ‘अझै पनि सहमतिकै आधारमा अघि बढौं भन्ने सरकारको तयारी हो,’ प्रशासनिक सल्लाहकार दाहालले भने, ‘त्यसका लागि प्रधानमन्त्रीले अनौपचारिक रूपमा छलफल र भेटघाटलाई तीव्रता दिइरहनुभएको छ ।’ यता, सरकारले संशोधन विधेयक दर्ता गरेको हप्ता दिन बितिसक्दा समेत एमालेसँग औपचारिक रूपमा सदन खुलाउने विषयमा पहल गरेको छैन । उसले मधेसी मोर्चाका नेताहरूसँगको छलफललाई भने निरन्तरता दिएको छ । – राजधानी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा