मंसिर २१, काठमाडौ | संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएपछि सत्तापक्ष र प्रतिपक्षबीच चर्किएको विवादका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकम"/> Sajhasabal मंसिर २१, काठमाडौ | संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएपछि सत्तापक्ष र प्रतिपक्षबीच चर्किएको विवादका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकम"/>
२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेको अवरोधका कारण लोकमानको महाअभियोग प्रस्ताव अलपत्र

२१ मंसिर २०७३, मंगलवार ०२:०७

मंसिर २१, काठमाडौ | संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएपछि सत्तापक्ष र प्रतिपक्षबीच चर्किएको विवादका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगसम्बन्धी कारबाही प्रक्रिया अलपत्र परेको छ । 

कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको संसदको पूर्ण बैठकमा छलफल सकेर महाअभियोग सिफारिस समितिमा पठाउने काम संसद् अवरोधका कारण अल्झिएको छ । प्रमुख प्रतिपक्षी एमालेले सरकारले पेस गरेको संविधान संशोधन प्रस्ताव ‘राष्ट्रघाती’ भएको आरोप लगाउँदै गत बिहीबारदेखि निरन्तर संसद् अवरोध गरिरहेको छ ।

कार्कीलाई महाअभियोग लगाउने प्रस्ताव एमाले र माओवादी केन्द्रका सांसदहरूले दर्ता गराएका हुन् । संसद्ले महाअभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसूची नियमित रूपमा राख्दै आएको छ तर बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका नेताहरूले बोलेर संसद्मा विरोध प्रदर्शन गर्ने गरेकाले कार्यसूची अघि बढ्न पाएको छैन । ‘सरकारले असंवैधानिक तरिकाले अदालतको समेत अपमान गर्दै संविधान संशोधन प्रस्ताव अघि बढाएकाले हामीले बाध्य भएर सदनमा विरोध गर्नुपरेको छ, त्यसैले उक्त प्रस्ताव फिर्ता नहँुदासम्म हाम्रो विरोध रहन्छ,’ एमाले प्रमुख सचेतक भानुभक्त ढकालले  भने, ‘त्यही कारण महाअभियोग प्रस्तावसम्बन्धी कार्यसूची पनि अघि बढ्न नसकेको हो, संसद् खुल्ने गरी सरकारले वातावरण बनाउनेबित्तिकै प्रस्ताव अघि बढ्छ ।’

उनले महाअभियोग प्रस्तावलाई छिटो अघि बढाउनुपर्छ भन्ने पक्षमा आफूहरू पनि रहेको र सरकारले जिम्मेवार भएर सदन खुलाउने वातवारण बनाएपछि यो प्रस्ताव अघि बढ्ने दाबी गरे । ‘यसलाई अघि नबढाउनुपर्ने अन्यथा कुनै कारण छैन, सरकार संविधानकै प्रतिकूल उत्रिएकाले मात्र हामीले सबै काम रोकेर सदनमा संघर्ष गर्नुपर्ने अवस्था आएको हो,’ ढकालले भने । – यो कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने