२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संबिधान संशोधनको पक्षमा सहयोग गर्ने मधेसी मोर्चाको निर्णय

२०७३, २६ मंसिर आईतवार ०२:११

मङ्सिर २६, काठमाडौँ | संविधान संशोधन प्रस्तावको स्वामित्व लिन अस्वीकार गर्दै आएको मधेसी मोर्चाले अब नरम नीति लिने भएको छ। शनिबार बिजुलीबजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टी कार्यालयमा बैठक गर्दै मोर्चा नेताहरूले आफूहरू संशोधन प्रस्ताव विरोधी भएको भनी बाहिर प्रचार भएकाले प्रस्ट पार्न आवश्यक परेको बताएका छन्। 

उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्ताव परिमार्जन हुन सक्ने भनी दिएको अभिव्यक्तिलाई समर्थनसमेत गरेका छन्।

‘प्रस्ताव आपसी छलफल र सहमतिका आधारमा परिमार्जन गरिए संशोधन प्रस्तावको पक्षमा मोर्चाले सहयोग गर्ने निर्णय गरेको छ,’ बैठकपछि जारी वक्तव्यमा उल्लेख छ, ‘कुनै पनि प्रस्तावलाई संसद्मा प्रस्तुत हुन नदिनु लोकतन्त्र र संसदीय अभ्यासको अपमान हो। यस्ता अलोकतान्त्रिक र निन्दनीय कार्य तत्काल रोक्नुपर्ने मोर्चाले ठहर गरेको छ।’

बैठकमा सहभागी मधेसी जनअधिकार फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवले प्रमुख प्रतिपक्षी एमालेले संशोधन प्रस्तावलाई मोर्चाले समेत स्वामित्व नलिएको भन्दै प्रचार गरिरहेकाले त्यसलाई चिर्ने निर्णय गरिएको बताए। मोर्चा संशोधन प्रस्तावको विरोधी नभएको भन्दै उनले परिमार्जनको आवश्यकता औंल्याइएको टिप्पणी गरे।

‘एमालेले संसद्मा संशोधन प्रस्ताव लैजान नदिएर संसदीय लोकतन्त्रविरोधी काम गरेको छ भन्ने हाम्रो निर्णय रह्यो,’ उनले भने, ‘प्रस्तावले राष्ट्रघात गर्छ भन्ने उग्र नारा दिएर साम्प्रदायिक विभाजन तथा दक्षिणपन्थी कित्तामा एमाले उभिएको बैठकले ठहर गरेको छ।’

प्रधानमन्त्री दाहालले प्रस्ताव फिर्ता नहुने, बरु परिमार्जन गर्न आफू तयार रहेको भनी दिएको अभिव्यक्तिलाई मोर्चा बैठकले सकारात्मक रूपमा लिएको छ। आपसी छलफल र सहमतिबाट प्रस्ताव परिमार्जन भए सघाउने निर्णय गरेको रामसपा महासचिव केशव झाले बताए। ‘हामी प्रस्तावको विरोधमा छौं भन्ने सन्देश बाहिर गएछ, तर परिमार्जन हुनुपर्छ। परिमार्जन गर्नेबारे प्रधानमन्त्रीको प्रतिबद्धता आउनु सकारात्मक हो भन्ने बैठकले ठहर गरेको छ,’ झाले भने।

मोर्चालाई देखाएर प्रस्ताव अघि बढाउन ढिलाइ गरे अर्को बैठक बसी निर्णय लिने ठहर भएको पनि उनले बताए। प्रस्तावमा सामान्य फेरबदल गरिए मोर्चा संसदीय छलफलमा आउन तयार देखिएको छ।

बैठकको अधिकांश समय प्रतिपक्षी एमाले नेताहरूले दिएको अभिव्यक्ति र पछिल्ला घटनाक्रममाथि केन्द्रित भएको थियो। प्रदेश नम्बर पाँचमा चलेको आन्दोलन संघीयताविरोधी भएको मोर्चाले ठहर गरेको छ। ‘अहिलेको संशोधन प्रस्ताव राष्ट्रघाती भन्दै एमालेले देशमा गरेको आन्दोलन अतिवादी, विखण्डनवादी र उग्रवादी भएको मोर्चाले ठहर गरेको छ, तसर्थ राष्ट्रिय एकतालाई खलल पार्ने कुनै पनि गतिविधि नगर्न मोर्चा एमालेलाई आग्रह गर्छ,’ वक्तव्यमा भनिएको छ। थरुहटमा अधिकार प्राप्तिका लागि आन्दोलन चलिरहेको भन्दै मोर्चाले त्यसलाई समर्थन गर्ने निर्णयसमेत लिएको छ। – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा