२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संबिधान संशोधनको पक्षमा सहयोग गर्ने मधेसी मोर्चाको निर्णय

२६ मंसिर २०७३, आईतवार ०२:११

मङ्सिर २६, काठमाडौँ | संविधान संशोधन प्रस्तावको स्वामित्व लिन अस्वीकार गर्दै आएको मधेसी मोर्चाले अब नरम नीति लिने भएको छ। शनिबार बिजुलीबजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टी कार्यालयमा बैठक गर्दै मोर्चा नेताहरूले आफूहरू संशोधन प्रस्ताव विरोधी भएको भनी बाहिर प्रचार भएकाले प्रस्ट पार्न आवश्यक परेको बताएका छन्। 

उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्ताव परिमार्जन हुन सक्ने भनी दिएको अभिव्यक्तिलाई समर्थनसमेत गरेका छन्।

‘प्रस्ताव आपसी छलफल र सहमतिका आधारमा परिमार्जन गरिए संशोधन प्रस्तावको पक्षमा मोर्चाले सहयोग गर्ने निर्णय गरेको छ,’ बैठकपछि जारी वक्तव्यमा उल्लेख छ, ‘कुनै पनि प्रस्तावलाई संसद्मा प्रस्तुत हुन नदिनु लोकतन्त्र र संसदीय अभ्यासको अपमान हो। यस्ता अलोकतान्त्रिक र निन्दनीय कार्य तत्काल रोक्नुपर्ने मोर्चाले ठहर गरेको छ।’

बैठकमा सहभागी मधेसी जनअधिकार फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवले प्रमुख प्रतिपक्षी एमालेले संशोधन प्रस्तावलाई मोर्चाले समेत स्वामित्व नलिएको भन्दै प्रचार गरिरहेकाले त्यसलाई चिर्ने निर्णय गरिएको बताए। मोर्चा संशोधन प्रस्तावको विरोधी नभएको भन्दै उनले परिमार्जनको आवश्यकता औंल्याइएको टिप्पणी गरे।

‘एमालेले संसद्मा संशोधन प्रस्ताव लैजान नदिएर संसदीय लोकतन्त्रविरोधी काम गरेको छ भन्ने हाम्रो निर्णय रह्यो,’ उनले भने, ‘प्रस्तावले राष्ट्रघात गर्छ भन्ने उग्र नारा दिएर साम्प्रदायिक विभाजन तथा दक्षिणपन्थी कित्तामा एमाले उभिएको बैठकले ठहर गरेको छ।’

प्रधानमन्त्री दाहालले प्रस्ताव फिर्ता नहुने, बरु परिमार्जन गर्न आफू तयार रहेको भनी दिएको अभिव्यक्तिलाई मोर्चा बैठकले सकारात्मक रूपमा लिएको छ। आपसी छलफल र सहमतिबाट प्रस्ताव परिमार्जन भए सघाउने निर्णय गरेको रामसपा महासचिव केशव झाले बताए। ‘हामी प्रस्तावको विरोधमा छौं भन्ने सन्देश बाहिर गएछ, तर परिमार्जन हुनुपर्छ। परिमार्जन गर्नेबारे प्रधानमन्त्रीको प्रतिबद्धता आउनु सकारात्मक हो भन्ने बैठकले ठहर गरेको छ,’ झाले भने।

मोर्चालाई देखाएर प्रस्ताव अघि बढाउन ढिलाइ गरे अर्को बैठक बसी निर्णय लिने ठहर भएको पनि उनले बताए। प्रस्तावमा सामान्य फेरबदल गरिए मोर्चा संसदीय छलफलमा आउन तयार देखिएको छ।

बैठकको अधिकांश समय प्रतिपक्षी एमाले नेताहरूले दिएको अभिव्यक्ति र पछिल्ला घटनाक्रममाथि केन्द्रित भएको थियो। प्रदेश नम्बर पाँचमा चलेको आन्दोलन संघीयताविरोधी भएको मोर्चाले ठहर गरेको छ। ‘अहिलेको संशोधन प्रस्ताव राष्ट्रघाती भन्दै एमालेले देशमा गरेको आन्दोलन अतिवादी, विखण्डनवादी र उग्रवादी भएको मोर्चाले ठहर गरेको छ, तसर्थ राष्ट्रिय एकतालाई खलल पार्ने कुनै पनि गतिविधि नगर्न मोर्चा एमालेलाई आग्रह गर्छ,’ वक्तव्यमा भनिएको छ। थरुहटमा अधिकार प्राप्तिका लागि आन्दोलन चलिरहेको भन्दै मोर्चाले त्यसलाई समर्थन गर्ने निर्णयसमेत लिएको छ। – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली