२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरियो एमालेको प्राथमिकता : पहिले संसद् निर्वाचन

१ पुष २०७३, शुक्रबार ०२:२०

पुस १, काठमाडौं | प्रमुख प्रतिपक्षी दल एमालेले संघीय संसद्को निर्वाचन पहिले गर्नुपर्ने निष्कर्ष निकालेको छ। सरकारले पुरानै संरचनाअनुसार स्थानीय निकायको निर्वाचन गराउने अन्तिम गृहकार्य गरिरहेका बेला एमालेले पहिला संघीय संसद्को निर्वाचन गर्नुपर्ने निष्कर्ष निकालेको हो। 

बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले पछिल्लो राजनीतिक अवस्थाबारे गम्भीर छलफल गर्दै संवैधानिक संकट टार्न पहिला संघीय संसद्को निर्वाचन गर्ने प्रस्ताव अघि सारेको हो। एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले तीनै तहको निर्वाचनमा सरकारले गरिरहेको ढिलाइका कारण समस्या समाधानका निम्ति पहिला संघीय संसद्को निर्वाचन गर्नुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए। ‘संविधानमा भएको व्यवस्थानुसार तीनै तहको निर्वाचन तोकिएको समय (७ माघ २०७४) भित्र गर्न सरकारले आलटाल गरिरहेको हाम्रो निष्कर्ष छ,’ पोखरेलले राजधानीसँग भने, ‘थप समस्या आउन नदिनका लागि पहिला संघीय संसद्को निर्वाचन गर्न उचित हुन्छ भन्ने बैठकको निष्कर्ष हो।’

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको कांग्रेस–माओवादी गठबन्धन सरकारले स्थानीय तहको निर्वाचनसम्बन्धी विधेयक संसद्मा दर्ता गराएको भोलिपल्ट बसेको एमाले स्थायी कमिटी बैठकले स्थानीय निकायको निर्वाचन हुने सम्भावना सरकारले टार्दै गएको निष्कर्ष निकाली पहिला संघीय संसद्को निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेको हो। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले मंसिर महिनाभित्रै स्थानीय निर्वाचन गर्ने कार्ययोजना अघि बढाएको थियो। ओली सरकारले अघि सारेको कार्ययोजना वर्तमान सरकारले स्थगित गर्दै वैशाख दोस्रो साताभित्र गराउने बताउँदै आएको छ।

एमालेले भने सरकार स्थानीय निर्वाचन टार्दै जाने रणनीतिका साथ अघि बढेको दाबी गरेको छ। सरकारको तयारीअनुसार ७ माघ २०७४ भित्र तीनै तहको निर्वाचन असम्भव बन्दै गएकाले थप सृजना हुने जटिलतालाई समाधान गर्न पहिला संसद्को निर्वाचन गर्न अन्य दलसँग छलफल गर्ने निर्णय गरिएको पोखरेलले बताए।

एमाले स्थायी कमिटीले संविधानसम्मत निर्वाचन गर्नुपर्ने ठहरसमेत गरेको छ। संविधान कार्यान्वयनका लागि संविधानमा भएको व्यवस्थानुसार नै तीनै तहको निर्वाचनका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। ‘संविधानले निर्धारित गरेको मितिभित्रमा जनप्रतिनिधिमूलक निकायको निर्वाचन गरी संविधानको कार्यान्वयनसँगै मुलुकलाई राजनीतिक स्थायित्वको दिशा दिँदै आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्छ,’ बैठकपछि सञ्चारकर्मीसँग भट्टराईले भने, ‘२०७४ माघ महिनाअगाडि नै प्रतिनिधिसभासहित सबै तहको निर्वाचन सम्पन्न गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय भएको छ।’ बैठकले असंवैधानिक, जनविरोधी तथा राष्ट्रिय हितप्रतिकूल रहेको संविधान संशोधन विधेयक अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ।

बैठकले संशोधनविरुद्ध संसद्भित्र र बाहिर जारी आन्दोलनलाई थप सशक्त एवं प्रभावकारी बनाउने निर्णय पनि गरेको छ। –  राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली