पुस ३, काठमाडौं | कमला (नाम परिवर्तन) लाई एउटा युवाको फेसबुकमा साथी बन्ने अनुरोध आयो । कमलाले अनुरोध गर्ने युवाको विवरण हेरिन् । युवा युरोपमा बस्ने नेपाली रहेछन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ३, काठमाडौं | कमला (नाम परिवर्तन) लाई एउटा युवाको फेसबुकमा साथी बन्ने अनुरोध आयो । कमलाले अनुरोध गर्ने युवाको विवरण हेरिन् । युवा युरोपमा बस्ने नेपाली रहेछन्"/>
२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी फेसबुकका कारण अस्मिता र सम्पत्ति खतरामा पर्दै

२०७३, ३ पुष आईतवार ०३:०१

पुस ३, काठमाडौं | कमला (नाम परिवर्तन) लाई एउटा युवाको फेसबुकमा साथी बन्ने अनुरोध आयो । कमलाले अनुरोध गर्ने युवाको विवरण हेरिन् । युवा युरोपमा बस्ने नेपाली रहेछन् । उनले साथी बन्ने अनुरोड्ढ स्वीकारिन् । कमला र ती युवा फेसबुकमा साथी भए ।

सरकारी सेवामा अधिकृत स्तरको जागिरे कमलासँग विस्तारै ती युवाको च्याट हुन थाल्यो । युवाको कुराकानी र प्रसंग चाखलाग्दा बन्दै गए । अविवाहित कमलालाई युवाको गफले मोहित बनाउँदै लग्यो । केही महिनाको अन्तरालपछि च्याटमै कमला र ती युवाको मित्रता प्रेममा परिणत भयो । अब दृश्यसहितको संवादमा कहिले युवाले त कहिले कमलाले दायर नाघ्दै गए । सामाजिक सञ्जालकै दृश्य संवादमा कमला र युवा दुबैले गोपनियता भन्ने केही बाँङ्की राखेनन् । तर, त्यती घनिष्टता अहिले कामलाका लागि जीवनकै ठूलो भुल साबित भएको छ । 

विवाहको मिति र समय पनि फेसबुकबाटै तय गरेका युवक अन्तर्राष्ट्रिय ठग भएको तथ्य सार्वजनिक भएपछि कमलाको दैनिकी तनावग्रस्त बन्यो ।

कमलाजस्तै काठमाडौंकी अर्की एक महिला फेसबुकमा साथी बनेका युवाले अमेरिकाबाट पठाएको २० लाख रूपैयाँको उपहार लिन आठ लाख खर्च गरेकी छन् । तर उपहार हात पर्न सकेको छैन । ती युवाले उनलाई सुरूमा साथी बनाएर उनको व्यक्तिगत र पारिवारिक जानकारी लिएका थिए । उनलाई सबैभन्दा आकर्षक बस्तुकाविषयम सोधेर सोही बस्तु खरिद गरेको भन्दै फोटो पठाएका थिए।

उपहार पार्सल गरी पठाएको जानकारी दिएर बिदामा बसेका ती युवा उनले रकम पठाएको भोलिपल्टदेखिनै सामाजिक सञ्जालबाट हराए । उनलाई उपहार पठाउन लाग्ने भन्सार शुल्क भन्दै भारत र भैरहवाबाट फोन गरी रकम मागिएको थियो ।

केही लाख खर्च गरेर लाखौंको सामग्री पाउने चाहनामा उनले आठ लाख गुमाएको अनुसन्धानमा खुलेको छ । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा फेसबुकलाई माध्यम बनाएर ठगिएका आधा दर्जन उजुरी परेका छन्। ब्युरोका अनुसार ठगिने सबै महिला छन्। अधिकांशलाई उपहारको लोभ देखाउर भन्सार र भाडाबापतको रकम भन्दै पैसा मागिएको छ। केही युवतीसँग भने अश्लील दृश्यसहित संवाद भएको उजुरी परेको ब्युरोले जनाएको छ ।

'अमेरिका र युरोपबाटै गिरोहले धन्दा चलाएको देखिन्छ। भारत र नेपालमा रहेका गिरोहका सदस्य रकम लिने र फोन गर्ने कार्यमा जुटेको भेटियो,' ब्युरोका प्रमुख डिआईजी नवराज सिलवालले भने। उनका अनुसार धनाढ्य परिवारका गृहिणी गिरोहको पहिलो निसानामा परेका छन्। यस्तै केही जागिरे र कामकाजी महिलासमेत गिरोहबाट ठगिएको ब्युरोको अनुसन्धानमा देखिएको छ। 'हामीले एक हजार पाँच सयको हाराहारीमा युवती तथा महिला ठगिएको अनुमान गरेका छौं, निवेदन आउने क्रम जारी छ। ठगिएका केही महिला परिवारको प्रतिष्ठाका कारण सार्वजनिक हुन चाहेनन्,' सिलवालले भने।

ब्युरोमा परेको उजुरीअनुसार उपहारको लोभमा परी ठगिने महिलालाई अमेरिकामा रहेका युवाले उपहार पठाएको जानकारी दिएपछि आफू बिदामा रहने बताएका थिए। उनले उपहार पठाएको तेस्रो दिन भारतबाट कसैले फोन गर्दै उपहार महँगो भएको र भन्सारमा मिलाउने भन्दै रकम मागेको थियो। नेपालबाट पैसा पठाएको दोस्रो दिन भैरहवाबाट नेपाली युवाले फोन गरी थप रकम माग गरेका थिए। भैरहवामा रकम पठाएको दुई सातासम्म उपहार हात नपरेपछि महिला ब्युरोको सम्पर्कमा पुगेकी हुन्।

'हामीले ठग गिरोहको निर्देशनमा रकम पठाउन सघाउने दुईजनालाई पक्राउ गरेका छौं। सामाजिक सञ्जालमार्फत भएको कुराकानीका आधारमा व्यक्ति पहिचान र पक्राउ गर्न समय लाग्छ, अनुसन्धान जारी छ,' ब्युरोकी एसपी मिरा चौधरीले भनिन्। उनले यस्तै प्रकारको ठगीको घटना केही महिनाअघि मकवानपुरमा समेत भएको बताइन्।

ब्युरोले मंसिर २३ मा एक महिलाको उजुरीपछि ललितपुर सुन्धाराका अनिलनाथ श्रेष्ठ र काठमाडौं बनस्थलीकी अनीता महर्जनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। दुवैले ठगिने महिलाले पठाएको रकम व्यवस्थापन गर्न सघाएको ब्युरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। – नागरिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै