पुस ४, काठमाडौं | सरकारले वैदेशिक रोजगारीका लागि नेपाली महिलालाई पठाउन प्रतिबन्ध लगाएका देशमा तस्करहरूले नयाँ रुटमार्फत पठाउने गरेको पाइएको छ। सो गिरोहका तीन सदस्य पक्र"/> Sajhasabal पुस ४, काठमाडौं | सरकारले वैदेशिक रोजगारीका लागि नेपाली महिलालाई पठाउन प्रतिबन्ध लगाएका देशमा तस्करहरूले नयाँ रुटमार्फत पठाउने गरेको पाइएको छ। सो गिरोहका तीन सदस्य पक्र"/>
२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली महिला तस्करी हुने नयाँ रुट पत्ता लाग्यो

४ पुष २०७३, सोमबार ०२:०८

पुस ४, काठमाडौं | सरकारले वैदेशिक रोजगारीका लागि नेपाली महिलालाई पठाउन प्रतिबन्ध लगाएका देशमा तस्करहरूले नयाँ रुटमार्फत पठाउने गरेको पाइएको छ। सो गिरोहका तीन सदस्य पक्राउ परेपछि रुटबारे खुलासा भएको हो। तस्करहरूले स्थलमार्गबाट भारत, श्रीलंका हुँदै कुवेत, ओमनलगायतका देशमा पठाउने गरेको पाइएको हो। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तस्करहरूले युवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारेर लाने गरेको जनाएको छ। नवलपरासी दुम्कीवास–३ का ३५ वर्षीय राजकुमार खरेल, ताप्लेजुङ फूलबारी–७ का ४६ वर्षीय पूर्णबहादुर लिम्बू र रूपन्देही गंगोलिया–६ का ४१ वर्षीय हरिप्रसाद थारू पक्राउ परेसँगै युवतीहरूलाई लैजाने रुटबारे प्रहरीले जानकारी पाएको हो।

ब्युरोकी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) मीरा चौधरीका अनुसार उनीहरूले अपराध स्वीकार गर्दै ६ महिलालाई नक्कली कागजात बनाएर रूपन्देहीको बेलहिया नाका हुँदै भारतको नयाँ दिल्लीबाट सीधै श्रीलंका पठाउने गरेको बताइन्। सो गिरोहले त्यहाँ केही दिन राखेर कुवेत, ओमन र दुबईमा घरेलु कामदारका रूपमा पठाउने गरेको पाइएको पनि उनले बताइन्। सो सिलसिलामा उनीहरूले ४५ दिनसम्म विभिन्न मुलुकमा बन्धकजस्तै बनाएर राख्ने गरेको पनि उनको भनाइ छ।

एसपी चौधरीका अनुसार युवती तस्करहरूले विपन्न परिवारहरूलाई आर्थिक प्रलोभनमा पारेर तस्करी गर्दै आएका छन्। यो काम पहिलो भने होइन। उनीहरूले नेपालगन्ज, भैरहवा, वीरगन्जजस्ता नाकाबाट बसमै हालेर दिल्ली लैजाने र त्यहाँबाट श्रीलंका हुँदै कुवेत ओमनजस्ता मुलुकमा पठाउने गरेका छन्।

एसपी चौधरीका अनुसार पक्राउ परेका राजकुमार खरेलकी दिदी कुवेतमा बस्छिन्। उनले कुवेतमा कुरा गर्ने र युवतीहरूको ‘डिमान्ड’ पठाउने, त्यसपछि खरेलले युवतीलाई आकर्षक प्रलोभनमा पारेर सेटिङ गर्ने गरेका थिए।

पक्राउ परेका पूर्णबहादुर लिम्बूले युवतीको कागजपत्र मिलाउने र हरिप्रसाद थारूले युवतीहरूलाई भारत लगेर तस्करको जिम्मा लगाउने र भारतमा भएका तस्करले दिल्ली, श्रीलंका हुँदै सम्बन्धित मुलुकमा पठाउने गरेका थिए। उनीहरूले भैरहवाबाट दिल्लीसम्म लगेको प्रत्येक युवतीको ५ हजार रुपैयाँ कमिसन पाउने गरेका थिए। सो कमिसन पनि काठमाडौंबाट नै तय हुँदै आएको थियो।

उनीहरूले पीडितको राहदानीलगायतका कागजातहरू सुरुमै काठमाडौंबाट दिल्ली कुरियर गरेर पठाउने गरेका थिए। त्यहाँबाट कागजात ठीक छ भनेर आएपछि युवतीहरूलाई काठमाडांबाट भारतीय सीमा सुनौली बेलहिया नाका हुँदै भारतको दिल्लीसम्म लगी दिल्लीस्थित दलाललाई जिम्मा लगाउने गरेका थिए। दलालहरूले नयाँ दिल्लीमा कम्तीमा १६ दिन राखेपछि श्रीलंका लैजाने र त्यहाँ करिब २५ दिन राखी कुवेत पठाउने गरेका थिए। त्यहाँबाट फिर्ता भएको अवस्थामा पुनः दुबई हुँदै ओमान पठाएर काम लगाउने गरेका थिए।

ब्युरोले दिएको जानकारीअनुसार महिलाहरूलाई भारतको इन्दिरा गान्धी विमानस्थलको क्लोज सर्किटबाटै श्रीलंका पठाउने गरेका छन्। उनीहरूले २० देखि ३१ वर्ष उमेर समूहका ती युवतीलाई आकर्षक तलब भएको प्रस्ताव गरेका माग पत्रसमेत देखाएर विश्वासमा पार्ने गरेका थिए।

युवती तस्करी सम्बन्धमा नेपाल–भारत संयुक्त सीमा तथा सुरक्षा बैठकमा सधैं कुरा उठ्ने गरेको भए पनि रोकिएको छैन। नेपालबाट स्थलमार्ग हुँदै भारत पुग्नेहरूका हकमा भारतस्थित दूतावासको नो अब्जेक्सन पत्र अनिवार्य गर्ने निर्णयसँगै दिल्लीलगायतका विमानस्थलको प्रयोगमा कडाइ भए पनि उनीहरूले नयाँ तरिका अपनाएर ‘अनअराइभल भिसा’ पाउने अफ्रिकी मुलुकसम्म तस्करी गर्ने गरेको प्रहरीले दाबी गरेको छ। उनीहरूले प्रायः नेपाली नजाने मुलुकहरू केन्या, तान्जानिया जाने भन्दै दिल्ली विमानस्थल प्रयोग गर्ने गरेका छन्।

स्रोतका अनुसार दिल्ली विमानस्थल हुँदै वर्षमा आठ हजारसम्म नेपाली युवती जोखिमपूर्ण काममा खाडी मुलुकमा तस्करी हुने गरेका छन्। – राजधानी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि…