२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माेटरसाइकलको ट्रायलमा फेल हुनु भो ? यी तरिका अपनाउनुस्, सजिलै पास हुनुस् !

२०७३, ५ पुष मंगलवार १०:४८

- ट्रायलमा सवारी चलाउनु सुरु गर्नुअघि हेल्मेट लगाउने र फित्ता बान्न विर्सनुहुँदैन । त्यस्तै लुकिङ ग्लास मिले/ नमिलेको हेर्ने र साइड लाइट पनि बल्ने/ नबल्ने परीक्षण गर्नुपर्छ ।

- ट्रायलमा सबैभन्दा पहिला अंग्रेजी अंकको एटमा प्रवेश गर्दा जतिसक्दो कम स्पिडमा अगाडि बढाउनुपर्छ । एटको बाहिरी घेरालाइ अगाडिको चक्काले च्यापेर विस्तारै संकेत अनुसार अगाडि बढ्नुपर्छ । एट पूरा गरिसकेपछि सोही दिशाबाट आधा राउन्डमा एस बनाएर बाहिर निस्कनुपर्नेहुन्छ । यसरी एटबाट निस्केपछि जेब्राक्रसिङ पुग्नुअगावै ट्राफिक लाइट हेर्न विर्सनु हुदैन ।

- ट्राफिक लाइट पहँलो या रातो बलेको छ भने जेब्राक्रसिङ लाइन नछोइकन रोकर बस्नुपर्छ । त्यस्तै, ग्रिन लाइट बल्दा अगाडि बढ्नुपर्ने हुन्छ ।

- जेब्राक्रसिङबाट अगाडि बढ्पछि साँघुरो फल्याकबाट जानुपर्छ । यो क्रममा फल्याकको मध्यभागमा पुगेपछि बाँया साइडको साइडलाइट बाल्नुपर्छ । त्यसपछि यू टर्नमा विस्तारै बायाँ साइड घुमेर उकालो उक्लिँदा स्टप लेखिएको स्थानमा दुईवटा धर्काइलाइ नछोइकन बीचमा रोक्नुपर्ने हुन्छ ।

- उकालोमा रोकेर अगाडि बढ्नुभन्दा पहिला साइड लाइट अफ गर्न विर्सनु हुँदैन । त्यसपछि ट्राफिकको इसारा पाएपछि पछाडि नहटाइकन अगाडि बढ्नुपर्छ ।

- फेरि अरोलामा अगाडिको एउटा धर्कोलाइ नछोइकन र चक्का नघ्रिस्याइ रोक्नुपर्ने हुन्छ । त्यसपछि फेरि ट्राफिकको इसाराअनुसार उबडखाबडको बाटोबाट अगाडि बढ्नपर्छ । यो क्रममा ह्याण्डललाइ बलियाे गरी समाएर थोरै एक्सिलेटर लिँदै पाइपको बाटो पार गर्नुपर्छ । त्यसपछि दुइपांग्रेको स्टार्ट अफ गर्ने या न्युट्रलमा राख्नुपर्छ ।

- सवारी स्टार्ट गरेदेखि अन्तिममा नरोकसम्म ह्यान्डलबाट दुईवटै हात हटाउनु हुँदैन । यति चरण पूरा गरेपछि सवारीचालक अनुमति पत्र लिन योग्य भइन्छ । नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो