पुस ६, बुटवल । युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा युवा संघकै पूर्वनेता मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ। मनोज रूपन्देही क्षेत्र"/> Sajhasabal पुस ६, बुटवल । युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा युवा संघकै पूर्वनेता मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ। मनोज रूपन्देही क्षेत्र"/>
२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवा संघका पूर्वकोषाध्यक्षद्वारा अध्यक्ष तिवारीको हत्या: प्रहरी

६ पुष २०७३, बुधबार ०१:१७

पुस ६, बुटवल । युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा युवा संघकै पूर्वनेता मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ। मनोज रूपन्देही क्षेत्र नम्बर १ का पूर्वकोषाध्यक्ष हुन्। व्यक्तिगत रिसइबीकै कारण तिवारीको हत्या भएको प्रहरीको दाबी छ । 

रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र धानुक तिवारी हत्याकाण्डलाई नितान्त आपराधिक घटनाका रूपमा विश्लेषण गर्छन्। ‘विगतको पृष्ठभूमि र पहिले पनि तिवारीमाथि भएको आक्रमणले मनोजकै संलग्नतामा तिवारीको हत्या भएको प्रहरीको निष्कर्ष छ,’ प्रहरी उपरीक्षक धानुकले भने। पार्टीबाट हटाएको, पैसा नदिएको तथा आफ्ना व्यक्तिहरूलाई जेल हालेको रिसइबीमा पुनले उनको हत्या गरेको प्रहरी दाबी छ।

गत ६ चैतमा तिवारीलाई दुई वटा गोली प्रहार भए पनि उनी बच्न सफल भएका थिए। एसपी धानुकका अनुसार मनोजविरुद्ध प्रहरीमा दुई वटा ज्यान मार्ने उद्योगलगायतका उजुरी परेका छन्। ‘मनोज फरार अभियुक्त हो,’ उनले भने।

तिवारीको हत्यामा संलग्न आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। मनोजनिकट तीनजनालाई पक्राउ गरिएको स्रोत बताउँछ। यद्यपि हत्यामा उनीहरूको संलग्नता प्रस्ट भइसकेको छैन।

हत्याको अनुसन्धानका लागि प्रहरीले केन्द्र तहबाट पनि आवश्यक समन्वय तथा सहयोगको काम गरिरहेको रूपन्देही प्रहरी प्रमुख धानुकले बताए। तिवारीको हत्यापछि घटनाको मनोजले जिम्मेवारी लिएका थिए। उनको तस्बिर मनोजकै फेसबुकबाट डाउनलोड गरी प्रहरीले सञ्चारकर्मीलाई उपलब्ध गराएको छ।

रूपन्देही देवदह नगरपालिका–८ स्थित खैरेनी चोकदेखि सय मिटर दक्षिणतर्फ बाटोमा सोमबार अपराह्न गोली प्रहारबाट घाइते भएका तिवारीको उपचारका क्रममा मृत्यु भएको हो।

तिवारी हत्याको विरोधमा युवा संघले आह्वान गरेको लुम्बिनी अञ्चल बन्दले बुटवल, भैरहवासहित यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। बन्दको प्रभाव पहाडी जिल्लामा परेको छ। मंगलबार बिहानैदेखि युवा संघ, अनेरास्ववियुसहित एमालेका नेता–कार्यकर्ता सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए।

पार्टी कार्यकर्ताको हत्याको भोलिपल्ट मंगलबार एमाले उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाललगायतका नेताहरू बुटवल आएका छन्। उनीहरूले तिवारीको घरमा पुगी परिवारसँग भेट गरेका थिए। एमाले प्रदेश नम्बर ५ का संयोजक पौडेलले हत्याको घटनालाई सामान्य रूपमा नलिन सरकारलाई चेतावनी दिँदै उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेका छन्।

तिवारीको शव लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ। शवको पोस्टमार्टम मंगलबार साँझसम्म हुन सकेको छैन।

घटनास्थलबाट करिब तीन किलोमिटरको दूरीमा तिवारी हत्यामा प्रयोग भएको मोटरसाइकल बरामद भएको छ। तर, उक्त मोटरसाइकलमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको प्रहरीले जनाएको छ। बा.५१प ८०७३ नम्बरको मोटरसाइकल प्रहरीले सोमबार बेलुका नै मणिग्राममा बेवारिसे अवस्थामा फेला पारेको थियो। मोटरसाइलमा नक्कली नम्बर प्लेट प्रयोग भएको अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एसएसपी शेरबहादुर बस्नेतले बताए । नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि…