पुस ६, काठमाडौं । रौतहटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट घातक हतियार इन्सास नेपाल भित्रिएको विषयमा सुरुमा प्रहरीले चासो देखाएको भए पनि अहिले अनुसन्धान नै नगरी चुप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ६, काठमाडौं । रौतहटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट घातक हतियार इन्सास नेपाल भित्रिएको विषयमा सुरुमा प्रहरीले चासो देखाएको भए पनि अहिले अनुसन्धान नै नगरी चुप"/>
2026-07-09 11:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घातक इन्सासबारे प्रहरी मौनता किन ?

2016-12-21

पुस ६, काठमाडौं । रौतहटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट घातक हतियार इन्सास नेपाल भित्रिएको विषयमा सुरुमा प्रहरीले चासो देखाएको भए पनि अहिले अनुसन्धान नै नगरी चुपचाप बसेको छ । 

सो घटनालाई सुरुमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, विशेष ब्युरो तथा मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडा र रौतहट प्रहरीले पनि चासो दिएको थियो। तर, हतियार ल्याउने मानिस नै दोहोरो भिडन्तमा मारिएको भन्दै प्रहरी अहिले अनुसन्धान नै अगाडि नबढाई चुपचाप बसेको हो । 

२९ कात्तिकमा रौतहटको लालबकैया नदीको बाँधनजिकै हतियार कारोबारी सक्रिय रहेको भन्दै मध्यक्षेत्रीय प्रहरीको विशेष टोली र रौतहट प्रहरीले संयुक्त कारबाही गर्दा भारतीय नागरिक तेजिलाल साह सो हतियार ल्याउँदै गरेको अवस्थामा दोहोरो भिडन्तमा मारिएका थिए। त्यतिबेला मध्यक्षेत्रीय प्रहरी कार्यालय दरबन्दी भएका प्रहरी जवान सुरेन्द्र चौधरी घाइते भएका थिए।

प्रहरीले सो समूहको साथमा रहेको एक थान इन्सास राइफल, एक थान इटालियन पेस्तोल र एक थान नलकटुवा बन्दुक तथा गोली बरामद गरेको थियो। भिडन्तका क्रममा हतियारधारी समूहले १२ राउन्ड र प्रहरीले २८ राउन्ड गोली चलाएको थियो। त्यतिबेला रौतहट प्रहरीले विशेष ब्युरोलाई आपराधिक समूह भएको रिपोर्ट दिएपछि ब्युरोले चासो दिएन।

‘हाम्रो काम उसको संलग्नता भूमिगत समूह वा अन्य राजनीतिक समूहसँग छ कि भन्ने थियो, त्यस्तो रिपोर्ट नआएपछि त्यो घटनामा चासो दिइएन,’ ब्युरो स्रोतले भन्यो।

‘मध्यक्षेत्र र जिल्लाले संयुक्त रूपमा अप्रेसन गरेका भएकाले त्यसमा केही शंकास्पद विषय छ कि भनेर विशेष ब्युरोलाई जानकारी गराइएको हुन्छ। कुनै विषयहरू बाहिर ल्याउन नमिल्ने भएर पनि गोप्य राखिएको हुनपर्छ,’ नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ठाकुर ज्ञवालीले भने, ‘सबै विषय मैले पनि बुझ्नुपर्ने हुन्छ।’

सुरक्षा स्रोतका अनुसार इन्सास राइफल घातक हतियार हो। यो हतियार नेपाली सेना र नेपाल प्रहरीको विशेष कार्यदलले मात्रै प्रयोग गर्छ। तर, आपराधिक समूहले नेपालतर्फ त्यो हतियार कसरी ल्यायो भन्ने विषयमा एक महिनाभन्दा बढी समय हुँदा पनि कुनै पनि धारणा सार्वजनिक गरेको छैन। यतिबेला तराईमा भूमिगत समूहको चलखेल पनि नभएको र पहाडमा रहेका केही त्यस्ता समूह पनि प्रहरीको फन्दामा परेको अवस्थामा त्यो हतियार कसरी आयो, किन आयो भन्नेबारेमा प्रहरी मौन बसेको छ।

जसले हतियार ल्यायो त्यो व्यक्ति नै दोहोरो भिडन्तमा परे पनि सो समूहका अन्य तीनजना भने भागेका थिए। त्यतिखेर मध्यक्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डीआईजी पशुपति उपाध्याय र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता नवीनकृष्ण भण्डारीले सो हतियार लिएर नेपालमा महŒवपूर्ण व्यक्तिको अपहरण वा हत्या गर्न आएको हुन सक्ने आशंका व्यक्त गरेका थिए। दुवै कार्यालयले सोबारे अनुसन्धान भए/नभएको विषयमा कुनै जानकारी दिएका छैनन्।

प्रहरीका अनुसार दोहोरो भिडन्तमा मारिएका व्यक्ति तेजिलाल साह भारतीय अपराधी हुन्। तर, उनीसँग आएका र त्यसबेला भागेका विषयमा प्रहरीले केही बताएको छैन।

सात वर्षअगाडि काठमाडौंको सिफलमा एसएमजीसहित भारतीय नागरिक पक्राउ परेका थिए। अनुसन्धानमा उनीहरू छोटा राजन समूहका सदस्य रहेको खुलेको थियो। तर, अहिले यो विषय नै अनुसन्धानको दायराभन्दा बाहिर गएको स्रोतको दाबी छ। ‘काठमाडौंभन्दा टाढा भएकाले पनि हतियारधारी भिडन्तमा मारिएपछि अनुसन्धानलाई खासै महŒव नदिएको पनि हुन सक्छ,’ प्रधान कार्यालय स्रोतले भन्यो। -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू