पूस ६, काठमाडौँ । युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा युवा संघकै पूर्वनेता मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूस ६, काठमाडौँ । युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा युवा संघकै पूर्वनेता मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ । 

<"/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवा संघ अध्यक्ष तिवारीको हत्या गर्ने को हुन् मनोज ?

६ पुष २०७३, बुधबार ०२:२३

पूस ६, काठमाडौँ । युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा युवा संघकै पूर्वनेता मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ । 

मनोज रूपन्देही क्षेत्र नम्बर १ का पूर्वकोषाध्यक्ष हुन् । व्यक्तिगत रिसइबीकै कारण तिवारीको हत्या भएको प्रहरीको दाबी छ । रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र धानुक तिवारी हत्याकाण्डलाई नितान्त आपराधिक घटनाका रूपमा विश्लेषण गर्छन् । ‘विगतको पृष्ठभूमि र पहिले पनि तिवारीमाथि भएको आक्रमणले मनोजकैे संलग्नतामा तिवारीको हत्या भएको प्रहरीको निष्कर्ष छ,’ प्रहरी उपरीक्षक धानुकले  भने ।

को हुन् मनोज ?

जिल्ला प्रहरी कार्यालयका अनुसार देवदह नगरपालिका–६ का मनोज पुन युवा संघ रूपन्देही क्षेत्र नम्बर १ का पूर्वकोषाध्यक्ष हुन् । 

युवा संघको आडमा पैसा असुली गरेको आरोपमा उनी पार्टीबाट निष्कासनमा परेका थिए । उनी संगठित अपराध, हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार अपराधी हुन् । मनोजको तिवारीसँग पुरानो रिसइबी रहेको र नौ महिनाअघि पनि उनकै संलग्नतामा तिवारीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । 

युवा संघमा रहँदा आर्थिक पारदर्शिताको विषयमा तिवारी र मनोजबीच विवाद रहँदै आएको थियो । मनोजले यसअघि पनि त्यस क्षेत्रमा जग्गाको कारोबार गर्दा विभिन्न व्यक्तिलाई धम्क्याउने र रकम असुल्ने गरेको उजुरी प्रहरीमा परेको छ ।

तिवारी–पुन दोस्तीदेखि दुस्मनीसम्म

प्रहरीका अनुसार गुन्डागर्दीमा संलग्न मनोजले तिवारी हत्याको जिम्मेवारी लिएका छन् । युथ फोर्स सक्रिय रहँदा मनोज एमालेमै थिए । 

तिवारी र मनोजबीच निकट सम्बन्ध थियो । पार्टीको आचरणविपरीत काम गरेको भन्दै तिवारीले मनोजलाई हटाएका थिए । त्यहीवेलादेखि दुईबीच दुस्मनी बढेको थियो । तिवारी व्यापारमा सफल हुँदै गएका थिए भने मनोजले सोचेअनुसार पैसा कमाउन नसकेपछि उनलाई धम्क्याउन थालेका थिए । 

गत वर्ष उनले तिवारीसँग २० लाख मागेका थिए, तर नदिएपछि गोलीसमेत हाने । गत वर्ष ४ चैतमा आफ्नै इँटाभट्टामा तिवारीमाथि गोली प्रहार भएको थियो ।

उक्त घटनामा मनोजनिकट आठजनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू हाल जेलमा छन् । आफ्ना सहयोगीहरूलाई जेल हालेपछि तिवारीसँग मनोज रुष्ट थिए । भारतमा लुक्दै आएका उनले त्यही रिसइबीमा सहयोगी परिचालन गरी हत्या गरेको प्रहरीको हालसम्मको अनुसन्धानको निष्कर्ष छ । 

यद्यपि, एमाले नेताहरूले भने राजनीतिक प्रतिशोधले उनको हत्या भएको बताएका छन् । राजनीतिका साथै व्यापारमा समेत लागेका तिवारी र मनोज दुवै देवदहका स्थानीय हुन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली