पुस ७, काठमाडौं । संविधान संशोधन विधेयक दर्तापछि जेलिँदै गएको राजनीतिक गतिरोध तीन दिनभित्र टुंग्याउने प्रतिबद्धताविपरीत प्रमुख तीन दलले संवादविनै समय गुजारेका छन् ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ७, काठमाडौं । संविधान संशोधन विधेयक दर्तापछि जेलिँदै गएको राजनीतिक गतिरोध तीन दिनभित्र टुंग्याउने प्रतिबद्धताविपरीत प्रमुख तीन दलले संवादविनै समय गुजारेका छन् ।<"/>
२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन दलले संवादविनै किन समय गुजार्दैछन ?

२०७३, ७ पुष बिहीबार ०१:०८

पुस ७, काठमाडौं । संविधान संशोधन विधेयक दर्तापछि जेलिँदै गएको राजनीतिक गतिरोध तीन दिनभित्र टुंग्याउने प्रतिबद्धताविपरीत प्रमुख तीन दलले संवादविनै समय गुजारेका छन् ।

सभामुख ओनसरी घर्तीको पहलमा अवरुद्ध संसद् खुलाउने उद्देश्यले सोमबार आयोजित शीर्ष बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरूले तीन दिनभित्र निकास खोज्ने प्रतिबद्धता जनाएका थिए । 

तर, सभामुखले दिएको समयभित्र संवादै नगरी तीन दलले समय गुजारेका हुन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता सहभागी थिए ।

एमालेसहित आठ विपक्षी दलले गत १६ मंसिरयता छैटौँपटक संसद् बैठक अवरुद्ध गरेका छन् । राष्ट्रियता विभाजन गर्नेगरी सरकारले विधेयक ल्याएको दाबी गर्दै उनीहरूले गत सोमबारको बैठक पनि अवरोध गरेका थिए ।

बैठकमा सभामुख घर्तीले विधेयकलगायतका कार्यसूचीमा सहमतिमा छिटो सहमतिमा पुगेर अवरुद्ध संसद् खुलाउन सहयोग गर्न गम्भीर ध्यानाकर्षण गराएकी थिइन्। उनले सहमति हुन नसके कार्यसूची अघि बढाउने प्रक्रियाबारे तीन दिनभित्र टुंगोमा पुग्नेगरी निकास खोज्नुपर्ने विकल्प प्रस्तुत गरेकी थिइन् ।

जवाफमा तीनै पार्टीका नेताहरूले संवाद जारी राख्दै निकास दिने प्रतिबद्धता जनाएका थिए । ‘सभामुखज्यूले पहिला पनि शीर्ष नेताहरूसँग अवरुद्ध संसद् खुलाउने विषयमा केन्द्रित रहेर छलफल गर्नुभएको थियो, पछिल्लोपटक निकासका लागि गम्भीर ध्यानाकर्षण गराउनुभएको थियो,’ सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले भने, ‘उहाँ यसबीचमा औपचारिक–अनौपचारिक छलफल भएको होला भन्ने बुझाइमै हुनुहुन्छ, बिहीबार पनि संसद् खुलेन भने प्रक्रियामा सहमति गराउने प्रयास जारी राख्नुहुनेछ ।’

सभामुखको पहलमा आयोजित पछिल्लो बैठक शीर्ष नेताहरूबीचको आरोप–प्रत्यारोपमै टुंगिएको थियो। सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले संविधान संशोधन विधेयकबाट पछि नहट्ने अडानसहित विरोधका नाममा एमालेसहित विपक्षी दलहरूले लोकतान्त्रिक र संसदीय प्रक्रिया अबरुद्ध गर्न नमिल्ने अडान राख्दै आएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो