२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमानमाथि हातपातमा सर्बोच्च प्रशासनकै संलग्नता !

२०७३, ९ पुष शनिबार ०१:४३

पुस ९, काठमाडौं । अख्तियारका निलम्बित प्रमूख आयुक्त लोकमानसिंह कार्कीको मुद्दामा कानुनी प्रतिरक्षा गरिरहेका बरिष्ठ अधिबक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालत प्रशासनकै सलग्नतामा लोकमानमाथि हातपात भएको आरोप लगाएका छन् ।

लोकमानको मुद्दामाथि शुक्रबार पूर्ण इजलासमा बहस सुरु हुनासाथ न्यौपानेले बिहिबारको घटनाबारे ध्यानाकर्षण गराउँदै अदालतकै सुरक्षा व्यवस्थामा प्रश्न उठाए ।

‘उक्त घटनामा सर्वोच्च प्रशासनकै संलग्नताको आशंका भयो,’ न्यौपानेले भने, ‘सर्वोच्च प्रशासनको अनुमति नभई उनीहरु कसरी भित्र छिरेर कसरी कालो मोसो दल्न पाए ?’ लोकमानमाथि हातपात गर्ने व्यक्तिहरु अदालतमा प्रवेश गर्नेदेखि कालोमोसो दल्नेसम्मका क्रियाकलापबारेमा अदालत प्रशासनले प्रतिवेदन तयार गर्नुपर्ने भन्दै उनले त्यसभन्दा अगाडी बहस गर्न उचित नहुने तर्क गरे ।

‘प्रतिवेदन नआइ यो मुद्दामा बहस गर्न उचित छैन,’न्यौपानेले भने,‘सुरक्षा हुँदा त त्यो हालत छ, नहुँदाको अवस्थामा हामीले पनि कसरी सुरक्षा महसुश गर्ने ?’ नेउपालने आपत्ती जनाउँदै इजलासमा भने,‘पत्रपत्रिका र सर्वोच्चको यो कस्तो तालमेल हो ?’-कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता