पुस ११, काठमाडौं | भारतसहित चार देशका प्रहरीको संयुक्त तालिममा पहिलोपटक नेपाल प्रहरीका एक प्रहरी निरीक्षकले बाह्य प्रशिक्षणको ‘बेस्ट अवार्ड’ ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ११, काठमाडौं | भारतसहित चार देशका प्रहरीको संयुक्त तालिममा पहिलोपटक नेपाल प्रहरीका एक प्रहरी निरीक्षकले बाह्य प्रशिक्षणको ‘बेस्ट अवार्ड’ ह"/>
2026-07-09 11:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको प्रहरीलाई समेत पछी पार्दै नेपाल प्रहरी उत्कृष्ट, तोडियो ६२ बर्षे इतिहाँस

पुस ११, काठमाडौं | भारतसहित चार देशका प्रहरीको संयुक्त तालिममा पहिलोपटक नेपाल प्रहरीका एक प्रहरी निरीक्षकले बाह्य प्रशिक्षणको ‘बेस्ट अवार्ड’ हात पारेका छन् । ६२ वर्षे इतिहासमा पहिलोपटक प्रहरी निरीक्षक रघु विष्टले सो अवार्ड हात पारेका हुन् । हरेक वर्ष इन्डियन पुलिस सर्भिसमा नेपाल प्रहरीका तर्फबाट पाँच प्रहरी निरीक्षक सहभागी हुँदै आएका छन् । सो तालिम भारतको हैदराबाद तालिम केन्द्रमा सञ्चालन हुने गर्छ । 

गत वर्षको जनवरीदेखि अक्टोबर अन्तिमसम्म चलेको सो तालिममा नेपालका तर्फबाट प्रहरी निरीक्षकहरू रघु विष्टसहित विकास बम, कमल बेल्वासे, यामकुमार श्रेष्ठ र चेतना पोखरेल सहभागी थिए। जसमध्ये विष्ट एक्लैले ६ वटा बाह्य प्रशिक्षण पदक हासिल गरेका हुन्। सो तालिममा नेपालका अतिरिक्त भारत, माल्दिभ्स, भुटानका प्रहरी अधिकृतहरू पनि सहभागी थिए।

चार देशका १ सय २९ प्रशिक्षार्थीमध्ये विष्ट नै सर्वोत्कृष्ट प्रहरी घोषित भए। तालिममा सन् १९५४ देखि नै नेपाल सहभागी हुँदै आएको छ। तर, यसप्रकारको अवार्ड भने यसपटक मात्रै प्राप्त भएको हो। ‘नेपालले पहिलोपटक यो उपाधि हासिल गरेको हो,’ विष्टको प्रतिभा प्रस्तुतीकरणको क्षमता असाधारण छ,’ प्रहरीको भरतपुर तालिम केन्द्रका प्रमुख प्रहरी नायबमहानिरीक्षक (डीआईजी) रणबहादुर चन्दले भने। प्रहरीनिरीक्षक विष्ट हाल भरतपुर तालिम केन्द्रमा कार्यरत छन्।

कञ्चनपुरको महेन्द्रनगर स्थायी घर भएका विष्ट २०७० सालमा १५८औं ब्याचीका रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए। उनी नेपालको तालिम सकिनासाथ इन्डियन पुलिस फोर्सको तालिममा परेका थिए। त्यहाँ उनले १० महिना तालिम लिँदा हप्ता, महिना हुने अभ्यासमा दर्जनौं गोल्डमेडल हासिल गरेका थिए। त्यसपछि पनि त्यो क्रम निरन्तर कायम रहँदा अन्तिम समयमा हुने प्रशिक्षण प्रतिभामा विष्टले सबैलाई पछि पार्दै बेस्ट अवार्ड जित्न सफल भएका हुन्। नेपाल प्रहरीकै तर्फबाट इतिहास रचेको भन्दै भरतपुर तालिम केन्द्रले पनि उनलाई विशेष सम्मान गरेको थियो।

‘सो तालिम आफूलगायत नेपाल प्रहरीका तर्फबाट बेस्ट अवार्ड प्राप्त गरेकोमा गर्व लागेको छ,’ प्रहरी निरीक्षक विष्टले राजधानीसँग भने। उनका अनुसार तालिममा प्राप्त गरेको सीपलाई समायोजन गरेको र त्यो नै उत्कृष्ट बनेको हो। ‘नेपाल प्रहरीबाट निरन्तर तालिममा सहभागी हुँदा मैले मात्रै यो पदक पाए भन्ने होइन, प्रहरी संगठनकै सम्पत्ति हो,’ विष्टले भने। यसअघि सो तालिम हालका डीआईजीहरू नवराज सिलवाल, देवन्द्र सुवेदी, एसएसपीहरू सर्वेन्द्र खनाल, रमेश खरेल, राजेन्द्रमान श्रेष्ठले पनि लिएका थिए। -राजधानी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू