पुस १२, काठमाडौँ | एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले ‘तथाकथित’ भन्दै मधेसी मोर्चाको आलोचना गरेका छन् । मोर्चाले गरेको आन्दोलनलाई उनले तथाकथित मधेस आन्दोलन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १२, काठमाडौँ | एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले ‘तथाकथित’ भन्दै मधेसी मोर्चाको आलोचना गरेका छन् । मोर्चाले गरेको आन्दोलनलाई उनले तथाकथित मधेस आन्दोलन"/>
2026-07-09 12:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मधेसमा एमाले हनुमानझैं शक्तिशाली’

पुस १२, काठमाडौँ | एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले ‘तथाकथित’ भन्दै मधेसी मोर्चाको आलोचना गरेका छन् । मोर्चाले गरेको आन्दोलनलाई उनले तथाकथित मधेस आन्दोलन भनी टिप्पणी गरेका छन्।

मधेस समस्याका विषयमा पार्टी केन्द्रीय कार्यालयमा गरिएको अन्तरक्रियामा ओलीले मधेसी मोर्चाले मधेसका वास्तविकत मुद्दा नबोकेको आरोप पनि लगाए । मधेसी मोर्चाले मधेसमा ११ सिटमा विजय हासिल गर्दा एमालेले ४० सिटमा विजय पाएको उनले बताए। 

मधेसमा एमाले हनुमानझैं शक्तिशाली भएको उनको भनाइ थियो। ‘हनुमानजीले आफ्नो शक्ति आफैं चिन्न नसके जस्तै हाम्रा साथीहरुले मधेसमा एमालेको शक्ति चिन्न नसकेको मात्रै हो,’ उनले भने, ‘आफू पनि ५५ वर्षदेखि मधेसमै बसेको भन्दै ओलीले मधेसका बारेमा मोर्चाका नेताहरुलाई भन्दा आफूलाई बढी जानकारी भएको दाबी गरे।

ओलीले मधेस आन्दोलनका क्रममा मोर्चाका नेताहरुले राम्रो आम्दानी गरेको आरोप लगाए । ‘भारतले नाकाबन्दी गर्दा नेपालका केही नेताले नाकाबन्दी हामीले गरेको हौं भने। नाकाबन्दीको स्वामित्व ग्रहण गर्न खोजे,’ ओलीले भने, ‘उनीहरुको बुतामा नाकाबन्दी थियो कि थिएन तर उनीहरुले त्यसरी हल्ला गरे।’ – नागरिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू