नेपालका दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तार गर्दै लगेका छन् । नेपाल टेलिकमले ७२ र एनसेलले एक सय ११० मुलुकमा अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नेपालका दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तार गर्दै लगेका छन् । नेपाल टेलिकमले ७२ र एनसेलले एक सय ११० मुलुकमा अ"/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१०० भन्दा बढी देशमा चल्छन् नेपाली सिम

१३ पुष २०७३, बुधबार ०१:१९

पुस १३, काठमाडौं | नेपालका दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तार गर्दै लगेका छन् । नेपाल टेलिकमले ७२ र एनसेलले एक सय ११० मुलुकमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएका छन् ।

सेवा प्रदायकहरूले अन्तर्राष्ट्रिय रोमिङको दायरा बढाउँदै र ट्यारिफ घटाउन थालेपछि अन्तर्राष्ट्रिय रोमिङ सेवाका उपभोक्ताको संख्या पनि बढेको छ । यो सेवाले विदेश जाँदा पनि स्वदेशमा नियमित सम्पर्क गर्न सहज हुने गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका बताउँछन्।

व्यक्तिगत वा व्यावसायिक कामले विदेश गइरहने प्रयोगकर्तालाई अहिले मोबाइलमा सिमकार्ड परिवर्तन गर्नुपर्ने अवस्था छैन। अन्तर्राष्ट्रिय रोमिङले नेपालकै सिम प्रयोग गरेर विदेशबाट नियमित सम्पर्क गर्न सहज भएको मुरारकाको भनाइ छ। ‘यसले विदेशमा गएर सिमकार्ड किनिरहनुपर्ने र नयाँ नम्बरबाट नेपालमा सम्पर्क गर्नुपर्ने बाध्यता हटेको छ,’ उनले भने।

कामविशेष वा भ्रमण गर्न छोटो समयका लागि विदेश जाने जोसुकैले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिन उपयुक्त हुन्छ। यसका लागि सम्बन्धित कम्पनीमा गएर अन्तर्राष्ट्रिय रोमिङ सेवा लिनुपर्छ। कम्पनीअनुसार सर्त र नियम फरक–फरक हुन्छन्।

अन्तर्राष्ट्रिय रोमिङ सेवा अत्यधिक खर्चिलो हुन्छ। नेपालबाट भारतमा फोन गर्दा सरदर प्रतिमिनेट ४ रुपैयाँ लाग्छ। तर, रोमिङ सेवा लिएर भारतमा गई फोन उठाउँदा प्रतिमिनेट २ सय रुपैयाँसम्म लाग्छ। यस्तो मूल्य विभिन्न कम्पनी र तिनका प्याकेजअनुसार फरक–फरक हुन्छन्। खर्चिलो हुने भएकै कारण उच्च आय भएका व्यक्तिले मात्रै अन्तर्राष्ट्रिय रोमिङ सेवा लिने गरेको सेवा प्रदायकले जनाएका छन्।

कुनै एक मुलुकमा रहेको टेलिकम कम्पनीको सिम (नम्बर) अन्य मुलुकमा रहेको सेवा प्रदायकको नेटवर्कमा समेत चल्न सक्ने सुविधा अन्तर्राष्ट्रिय रोमिङ हो।

उदाहरणका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवा लिएपछि नेपाल टेलिकम वा एनसेलका सेवाग्राहीले आफूले प्रयोग गरिरहेको नम्बर अर्को देशमा रहेको अन्य सेवा प्रदायकको नेटवर्कमा समेत चलाउन सक्छन् । रोमिङले यात्राका क्रममा जुन मुलुकमा पुगे पनि ‘वायरलेस सेवा’ विनाअवरुद्ध नेटवर्कमा आबद्ध भइरहने र भ्वाइस, एसएमएस र डाटा सेवा लिन सक्ने प्रत्याभूति दिन्छ ।

यसका लागि सम्बन्धित मुलुकका सेवाप्रदायकबीच अन्तर्राष्ट्रिय रोमिङको सम्झौता हुन्छ । रोमिङ इनवाउन्ड र आउटवाउन्ड गरी दुई किसिमको हुन्छ । नेपालका सेवाग्राहीले यहाँ प्रयोग गरिरहेको नम्बर विदेशमा गएर त्यहाँको नेटवर्कमा प्रयोग गर्नु आउटवाउन्ड रोमिङ हो । त्यस्तै, विदेशका मोबाइल प्रयोगकर्ताले त्यहाँको नम्बर नेपालमा आएर प्रयोग गर्नु इनवाउन्ड रोमिङ हो। – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली