पुस १३, काठमाडौँ | नेपाली राष्ट्रिय फुटबल टिम सन् २०१७–२०१८ का लागि व्यस्त वर्ष रहने भएको छ । नेपालले एसिया कप छनोट खेल्ने भएपछि राष्ट्रिय टिमको कार्यक्रम बढ्ने भएको हो"/>
पुस १३, काठमाडौँ | नेपाली राष्ट्रिय फुटबल टिम सन् २०१७–२०१८ का लागि व्यस्त वर्ष रहने भएको छ । नेपालले एसिया कप छनोट खेल्ने भएपछि राष्ट्रिय टिमको कार्यक्रम बढ्ने भएको हो । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राखेको एसिया कप छनोट खेल्ने प्रस्तावलाई स्वीकारेको हो ।
छनोटको तेस्रो चरणका दुई टिम कुवेत र ग्वाम अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एएफसीको कारवाहीमा परेपछि नेपालको भाग्य खुलेको हो । नेपालसँगै मकाउले यो सम्भावना पाउनेछ । सोलिडारिटी कपको विजेता र उपविजेताका रूपमा नेपाल तथा मकाउले यो अवसर पाएका हुन् । नेपाल यसअघि नै विश्वकप र एसिया कप छनोटको प्लेअफबाटै बाहिरिइसकेको भए पनि अहिले नयाँ अवसर प्राप्त भएको हो ।
त्यति बेला नेपाल छनोटको सुरुवाती चरणमा भारतसँग पराजित भएको थियो । अब नेपालले छनोटको तेस्रो चरण खेल्नेछ । सन् २०१९ मा यूएईमा हुने एसिया कपमा अहिलेसम्म १२ टिम छनोट भइसकेका छन् । प्रतियोतिगामा कुल २४ टिमले सहभागिता जनाउने छन् । अब छनोट हुने १२ टिमको निर्णय हुन बाँकी छ । – कान्तिपुर दैनिक