पुस १५, काठमाडौं | दुई देशबीच सैन्य क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यले नेपाल र चीनबीच सन् २०१७ मा संयुक्त सैन्य तालिम नेपालमा आयोजना हुने भएको छ । 

उत्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १५, काठमाडौं | दुई देशबीच सैन्य क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यले नेपाल र चीनबीच सन् २०१७ मा संयुक्त सैन्य तालिम नेपालमा आयोजना हुने भएको छ । 

उत्"/>

2026-07-09 12:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत तथा अमेरिका पछि अब नेपाल-चीनबीच सैन्य तालिम हुने

पुस १५, काठमाडौं | दुई देशबीच सैन्य क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यले नेपाल र चीनबीच सन् २०१७ मा संयुक्त सैन्य तालिम नेपालमा आयोजना हुने भएको छ । 

उत्तरी छिमेकीले नेपालसँग निकट भविष्यमा हुन लागेको सैन्य तालिमबारे बिहीबार घोषणा गरेको हो । चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच पहिलोपटक संयुक्त सैन्य तालिम हुन लागेको हो । सैन्य तालिमका सम्बन्धमा दुई देशका उच्च राजनीतिक तहबाट सहमति प्राप्त भइसकेको स्रोतले बतायो।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले बेइजिङमा आयोजित पत्रकारसम्मेलनमा सन् २०१७ मा नेपाल र चीनबीच संयुक्त सैन्य तालिमबारे प्रारम्भिक वार्ता भएको बताए । तर उनले सैन्य तालिम कहिले हुने भन्ने यकिन मिति खुलाएनन् ।

'सैन्य तालिमको यकिन मिति उपयुक्त समयमा घोषणा गरिनेछ', प्रवक्ता युजुनले भने । चीन र नेपालबीच सैन्य क्षेत्रमा हालैका वर्षमा विभिन्न स्वरूपमा सम्पर्क भइरहेको बताए । नेपाली सेनाका अधिकारीहरूले दैवीप्रकोप उद्धार र राहत कार्यका लागि तालिम र सहयोग आदानप्रदान गर्नेलगायत विषयमा छलफल भए पनि सैन्य तालिमको यकिन मितिबारे टुंगो नलागिसकेको बताए।  एक साताअघि नेपाल आएको चिनियाँ एक सैन्य टोलीले संयुक्त सैन्य तालिमबारे प्रारम्भिक स्तरमा नेपाली सेनासँग छलफल गरेको थियो ।

नेपालस्थित चिनियाँ दूतावास स्रोतले नेपालसँग सैन्य अभ्यास नभई तालिममात्र हुन लागेको बतायो । 'भारत र अमेरिकासँग नेपालले गर्दै आएको सैन्य अभ्यास र हामीसँग हुन लागेको फरक प्रकृतिको हो । अब चीनसँग हुन लागेको संयुक्त तालिम मात्रै हो', चिनियाँ दूतावासका एक अधिकारीले अन्नपूर्णसँग भने ।

चीनले नेपालसँग रणनीतिक र सैन्य मामिलामा मिलेर काम गर्न सकिने बताउँदै आएको छ । गत जुनमा नेपाल भ्रमणमा आएका चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख एड्मिरल सन जियागुओले तत्कालीन रक्षामन्त्री भीम रावलसँगको भेटमा नेपालसँग सैन्य क्षेत्रमा सहकार्य र सहयोग बढाउन इच्छुक रहेको बताएका थिए ।

नेपालले केही वर्षयता दक्षिणी छिमेकी भारत तथा अमेरिकासँग संयुक्त सैन्य अभ्यास गर्दै आएको थियो । गत अक्टोबर ३१ देखि नोभेम्बर १३ सम्म रूपन्देहीमा नेपाल र भारतका सैनिकबीच सूर्यकिरण १० नामक सैन्य अभ्यास सम्पन्न भएको थियो । नेपाल-भारत सैन्य अभ्यास समापनमा भाग लिन भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंह नेपाल आएका थिए ।

त्यसअघि नेपाल र अमेरिकाबीच सन् २०१५ नोभेम्बर ३ देखि १७ दिनसम्म काठमाडौंको छाउनी, पोखरा, लुक्ला र सगरमाथाको आधारशिविरमा संयुक्त सैन्य अभ्यास सम्पन्न भएका थिए । –  अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू