पुस १८, काठमाडौं । नेपाल एपीएफले लगातार दोस्रो पटक बृहत खेलकुदमा क्रिकेटतर्फ स्वर्ण पदक जित्यो । 

पहिलो पटक सहभागि नेपाल आर्मीलाई फाइनलमा पन्छाउदै उपाधि जितेपछि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १८, काठमाडौं । नेपाल एपीएफले लगातार दोस्रो पटक बृहत खेलकुदमा क्रिकेटतर्फ स्वर्ण पदक जित्यो । 

पहिलो पटक सहभागि नेपाल आर्मीलाई फाइनलमा पन्छाउदै उपाधि जितेपछि"/>

2026-07-09 12:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली क्रिकेटको भविष्य मलाई थाहा छैनः पारस खड्का

2017-01-02

पुस १८, काठमाडौं । नेपाल एपीएफले लगातार दोस्रो पटक बृहत खेलकुदमा क्रिकेटतर्फ स्वर्ण पदक जित्यो । 

पहिलो पटक सहभागि नेपाल आर्मीलाई फाइनलमा पन्छाउदै उपाधि जितेपछि नेपाल एपीएफ र नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई सातौं राष्ट्रिय खेलकुदको अनुभव के रहयो भनेर सोध्दा उनी त्यसमा निकै सकरात्मक थिए । उनी मोरङको बैजनाथपुरमा रहेको क्रिकेट मैदानबाट प्रभावित थिए । भलै ३० यार्ड बाहिर बलौटे माटोमा क्रिकेटका इभेन्ट सम्पन्न भएका थिए । पारसले बैजनाथपुर क्रिकेट मैदान र नेपाली क्रिकेटको वर्तमान अवस्थालाई यसरी चित्रण गरे ।

समग्रमा हेर्दा मैदान राम्रो बनाउन सकिन्छ। पूर्वाधार छ, त्यसलाई विकसित गर्नुपर्छ। यो मैदानलाई यतिकै छाड्नु भएन् । लगानी गर्ने हो भने यो अझ राम्रो हुन्छ । एक महिनामै यति भएको छ भने यसलाई अझ राम्रो हामी किन बनाउन सक्दैनौं । नेपाली क्रिकेटको भविष्य मलाई थाहा छैन । एक दमै इमान्दार भएर भन्नु पर्दा केन्यासँग खेल हुदैंछ भन्ने थाहा छ, अरु केही थाहा छैन । राष्ट्रिय टिमले मात्र खेलेर क्रिकेट कहा पुग्छ भनेर कहिल्यै तौलनु भएन ।

आशा गरौं नेपाली क्रिकेटको विवाद चाँडो भन्दा चाँडो सुल्झियोस । आइसीसीको प्रतिनिधिहरु आएर सबै सरोकारा बालाहरुसँग आएर बैठक गरिरहेका छन् । हामी भने आफ्नै बाद विवादमा अल्झिरहेका छौं अहिले पनि । सबैभन्दा दुख लाग्दो के हो भने हामी क्रिकेट विकासका लागि कहिल्यै पनि बाद विवाद र झगडा गरेनौं ।

आज जे भइरहेको छ, पदका लागि भइरहेको छ। नेपाल क्रिकेट विकास गर्छु भनेर यस्तो हानाथाप गरेको भए हाम्रो क्रिकेट धेरै माथि पुगिसकेको हुन्थ्यो। मलाई थाहा छैन को ठिक हो को बेठिक हो । तर आगामी दिनमा जति सक्दो नेपाली क्रिकेटलाई अगाडी बढाउन एउटा संस्थागत संघ चाहि चाहिन्छ । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू