२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ शक्तिमा करिश्मा अनुभव : ‘नेता टाइप’को भाषण आउँदैन

२०७३, २३ पुष शनिबार ०४:५५

पुस २३, काठमाडौं । चर्चित अभिनेत्री करिश्मा मानन्धर पछिल्लो समय राजनीतिमा सक्रिय छिन् ।

झन्डै ९ महिनाअघि डा. बाबुराम भट्टराइको नयाँ शक्ति नेपालमा आवद्ध भएकी उनी अचेल कलाकारिता कम, राजनीति कार्यक्रममा ज्यादा देखिने गरेकी छिन् ।

नयाँ शक्तिमा आवद्ध भएपछि उनको विविध अनुभव र अनुभूतिबारेको खबर आजको नयाँ पत्रिकामा छ ।

डा. भट्टराईसँग पहिलो भेट

उहाँ प्रधानमनत्री नबन्दासम्म हाम्रो देखादेख मात्र भयो । उहाँ प्रधानमन्त्री भएपछि म बधाई दिन पुगेँ र सहजै भेट्न पाएँ ।

स्वविवेकले लागेँ राजनीतिमा

चुनावको समयमा विभिन्न राजनीतिक पार्टीले कलाकारलाई प्रयोग गर्ने प्रचलन छ, मलाइ पनि विभिन्न पार्टीका नेताहरुले आउनुहुन्छ की भनेर सोधिरहनुहुन्थ्यो । मलाई अघिल्ला चुनावमा राजनीतिमै आउने चाहना भएन । तर जब डा.साबले पार्टी परित्याग गर्नुभयो मैले पनि यसबारे सोच्न थालेँ । म आफै पार्टीमा लागेकी हुँ ।

श्रीमान्लाई समेत सोधिन

म मेरो श्रीमान् विनोदलाई नसोधि कुनै काम गर्दिन थिएँ । तर राजनीतिमा आउने निर्णय गर्दा मैले विनोदलाई सोधिनँ ।

थाहा मेरो आलोचना हुन्छ 

नयाँ शक्तिमा जोडिएपछि मेरो आलोचना पनि हुने गरेको छ । म आफ्नो विचारमा प्रस्ट छु । त्यसैले आलोचनाकै कारण उत्तेजित हुने वा हीनताबोधले ग्रस्त हुने मेरो बानी छैन ।

यसकारण नयाँ शक्ति रोजेँ

नेपालमा १ सय ८१ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता रहेछन् । मलाई १ सय ८० वटा राजनीतिक दलमा जानु नै थिएन । मेरो विचार केवल नयाँ शक्तिसँग मिल्न गयो । त्यसैले मैले यसलाई रोजेँ ।

राजनीतिक जिवनको ९ महिना

म नयाँ शक्तिमा आवद्ध भएको करिब ९ महिना भयो । कलाकारका रुपमा नभई नेतृको रुपमा राजनीतिक कार्यक्रममा भाग लिन विभिन्न ठाउँमा पुगेको छु ।

‘नेता टाइप’को भाषण आउँदैन

मलाई महसुस छ की नेताले बोलने भाषणशैली र कलाकारले बोल्ने भाषाशैलीमा धेरै भिन्नता रहेछ । मलाई अझैपनि ‘नेता टाइप’को भाषण गर्न आउँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ