पुस २६, काठमाडौं । सरकारले अध्ययनका लागि विदेश गएर लामो समयसम्म सम्पर्कमा नआएका दुई दर्जन निजामती कर्मचारीलाई बर्खास्त गर्ने भएको छ । 

निजामती कर्मचार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, काठमाडौं । सरकारले अध्ययनका लागि विदेश गएर लामो समयसम्म सम्पर्कमा नआएका दुई दर्जन निजामती कर्मचारीलाई बर्खास्त गर्ने भएको छ । 

निजामती कर्मचार"/>

२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश गएर ‘बेपत्ता’ भएका २५ कर्मचारी बर्खास्त !

२०७३, २६ पुष मंगलवार ०२:३१

पुस २६, काठमाडौं । सरकारले अध्ययनका लागि विदेश गएर लामो समयसम्म सम्पर्कमा नआएका दुई दर्जन निजामती कर्मचारीलाई बर्खास्त गर्ने भएको छ । 

निजामती कर्मचारीको व्यवस्थापन गर्ने जिम्मेवारी बोकेको सामान्य प्रशासन मन्त्रालयले सरकारका विभिन्न मन्त्रालय, विभाग र कार्यालयमा दरबन्दी रहेका २५ कर्मचारीलाई कारबाहीप्रक्रिया अघि बढाएको छ ।

कर्मचारीहरू सरकारले दिएको सुविधाअनुसार छात्रवृत्तिमा जाने र नेपाल नफर्कने निजामती कर्मचारी ऐनविपरीत भएको भन्दै पहिलो चरणमा २५ जनालाई बर्खास्त गर्दै क्षतिपूर्तिसमेत असुलउपर गर्ने तयारी गरेको हो । 

अध्ययन बिदामा गएर सम्पर्कमा नरहेका अन्य कर्मचारीका विषयमा अनुसन्धान जारी रहेको र फेरि कारबाहीप्रक्रिया अघि बढ्ने मन्त्रालयले जनाएको छ  निजामती सेवा ऐनको दफा ६१ को (१) को छ ले बिदा स्वीकृत नगराई लगातार ९० दिनसम्म अनुपस्थित भए सेवाबाट हटाउन सकिने व्यवस्था गरेको छ ।

निजामती सेवाका कर्मचारी सरकारलाई उपलब्ध छात्रवृत्तिको कोटामा अध्ययन बिदा लिएर विदेश जाने, उक्त समय सकिएपछि बेतलबी बिदा बस्ने र त्यो समय पनि सकिएपछि सम्पर्कविहीन हुने प्रवृत्ति देखिएको छ ।

सामान्यले बर्खास्त गर्ने गरी प्रक्रिया अघि बढाएकोमा शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयदेखि विभिन्न विभागमा कार्यरत विभिन्न तहका कर्मचारी छन् । -अन्नपूर्ण पोस्ट् दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता