माघ २, काठमाडौं | जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार शनिबार यस वर्षकै चिसो भएको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम शून्य दशमलव ४ डिग्रीसम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २, काठमाडौं | जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार शनिबार यस वर्षकै चिसो भएको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम शून्य दशमलव ४ डिग्रीसम्"/>
2026-07-09 12:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शनिबार यस वर्षकै सबैभन्दा धेरै चिसो

माघ २, काठमाडौं | जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार शनिबार यस वर्षकै चिसो भएको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम शून्य दशमलव ४ डिग्रीसम्म पुगेको छ ।

पश्चिमी वायुको प्रभावले देशभर अझै चिसो बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुजन सुवेदीले बताए । ‘पानी पर्ने सम्भावना बढेकाले अझै चिसो हुन सक्छ,’ सुवेदीले भने, ‘कति डिग्रीसम्म तापक्रम झर्छ भन्ने अनुमान गरिएको छैन । तर, चिसो बढ्न सक्छ ।’ 

सुवेदीका अनुसार पश्चिमी वायु बिस्तारै पश्चिम नेपाल हुँदै पूर्वतिर गएकाले मध्य र पूर्वी नेपालका पहाडी जिल्लामा छिटफुट वर्षा हुन सक्नेछ । पश्चिम नेपालका केही ठाउँमा पनि वर्षा हुनसक्ने अनुमान छ ।

काठमाडौंमा शनिबार अधिकतम १६ दशमलव ४ डिग्री र न्यूनतम शून्य दशमलव ४ डिग्रीसम्म तापक्रम पुगेको छ । गत वर्ष पनि काठमाडौंको तापक्रम शून्यमा झरेको थियो । हिमाली क्षेत्र जुम्लामा अधिकतम १९ दशमलव ४ न्यूनतम र न्यूनतम माइनस ८ डिग्रीसम्म पुगेको थियो । नेपालगन्जममा अधिकतम १८ दशमलव ८ र न्यूनतम २ दशमवलव ४ डिग्री थियो । विराटनगरमा अधिकतम २१ दशमलव ७ र न्यूनतम ५ दशमलव ४ डिग्री रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले तराईमा शीतलहरबाट कसैको मृत्यु भएको सूचना नआएको बताए । ‘तराईमा चिसोबाट मृत्यु भएको हुन सक्छ । तर, शीतलहरबाट एकजनाको मृत्यु भएको छैन,’ पन्थीले भने । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू