माघ ८, काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको सूचनाको आधारमा सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन् । 

मलेसियाबाट कालिन्डो एयरमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ८, काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको सूचनाको आधारमा सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन् । 

मलेसियाबाट कालिन्डो एयरमा"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तस्करको अखडा विमानस्थल: फेरि समातियो सुन

८ माघ २०७३, शनिबार ०२:२६

माघ ८, काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको सूचनाको आधारमा सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन् । 

मलेसियाबाट कालिन्डो एयरमा शुक्रबार राति काठमाडौं आएका बंगलादेशका अरुण मोलाको साथमा एक किलो दुई सय ग्राम सुन बरामद भएको हो । उनले आफूसँग साढे दुई किलो सुन भएको बताए पनि भन्सार कार्यालयका कर्मचारीले खानतलासी गर्दा एक किलो दुई सय ग्राम मात्र फेला परेको छ ।

जाँचक्रममा एक किलो दुई सय ग्राम मात्र भेटिएकाले थप अनुसन्धान भईरहेको भन्सार कार्यालयका एक कर्मचारीले बताएका छन् ।

पक्राउ परेका बंगलादेशीले प्रारम्भिक सोधपुछमै स्पष्ट कुरा नभनेपछि राति अबेरसम्म केरकार चलिरहेको थियो। काठमाडौं विमानस्थलमा उत्रिएपछि अध्यागमनले उनलाई नेपालको आगमन प्रवेशाज्ञा (अनअराइभल भिसा) दिएको थियो ।

भिसा लिएलगत्तै मोलाले आफू ट्रान्जिटका रूपमा विमानस्थलमै बस्ने र शनिबार अपराह्न बंगलादेश जाने भन्दै शंकास्पद कुरा गरेपछि अध्यागमनले भन्सार कार्यालयको जिम्मा लगाएको स्रोतले बताएको छ ।  

उनी बीएम ०७७९२३७ नम्बरको राहदानीमा नेपाल आएका हुन् । उनीसँग आइतबार बंगलादेश फर्कने विमान बंगलादेशको टिकटसमेत छ ।

भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगनाले ती बंगलादेशीले नेपालको भिसा लिइसकेकाले उनले ल्याएको सुन जफत हुने बताए। ढुंगानाले अन्नपूर्णसँग भने, ‘नेपालमा ट्रान्जिट सुविधा छैन । कसरी उनले ट्रान्जिट टिकट लिए भन्ने अनुसन्धान भइरहेको छ ।'

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुस २१ गते विमानस्थलको सुरक्षा र भन्सार पार गराएपछि पिंगलास्थान र गोठाटारबाट ३३ किलो सुनसहित तीनजनालाई पक्राउ गरेको थियो। विमानस्थलको ३३ किलो सुनकाण्डमा संलग्न भएको आशंकामा प्रहरी मुख्यालयले विमानस्थलका एसएसपी श्याम खत्रीलाई फिर्ता बोलाएको छ । विमानस्थल सुरक्षा प्रमुखमा गोविन्द निरौला छन् ।

विमानस्थलबाट सुन बाहिरिएपछि भन्सार कार्यालयले त्यस दिन ड्युटीमा रहेका दुई दर्जनभन्दा बढी कर्मचारीलाई काम गर्न बन्देज लगाइसकेको छ । -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट