डिल्लीराज रावत/माघ १०, सल्यान । बर्षायाममा कुलो मर्मतका लागि दिनदिनै दुःख झेल्ने गरेका रामपुर ८ का किसानहरुमा कुलो मर्मत भएपछी खुशी छाएको छ ।

आफ्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

डिल्लीराज रावत/माघ १०, सल्यान । बर्षायाममा कुलो मर्मतका लागि दिनदिनै दुःख झेल्ने गरेका रामपुर ८ का किसानहरुमा कुलो मर्मत भएपछी खुशी छाएको छ ।

आफ्न"/>

2026-09-08 06:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कुलो मर्मत भएपछी सल्यान रामपुरका किसान खुशी


डिल्लीराज रावत/माघ १०, सल्यान । बर्षायाममा कुलो मर्मतका लागि दिनदिनै दुःख झेल्ने गरेका रामपुर ८ का किसानहरुमा कुलो मर्मत भएपछी खुशी छाएको छ ।

आफ्नो करिव १५ हेक्टर जमिनमा सिचाईका लागि कुलो निर्माण भएपछि उनिहरुमा खुशी छाएको हो । अरु समयमा खासै समस्या नभएपनि बर्षायाममा अहिले बनाएको कुलो पानी पर्दा फेरी उस्तै हुने समस्या झेलेका उनिहरुका लागि कुलो निर्माण भएपछि ४२ घरधुरी लाभान्वीत भएका हुन । 

जिविकोपार्जन तथा पोषण कार्यक्रम अन्तरगत नेपाल ग्रामिण पुनर्निर्माण संस्थाको सहयोगमा ६ लाख ३९ हजार ७० रुपैयाँ ४६ पैसाको लागतमा कुलो निर्माण भएको हो । कुल बजेटको लगभग ३२ प्रतिशत सम्म कालिमाटी रामपुरमा रहेको बैरेनी तरा सिंचाई उपआयोजनाका उपभोक्ताले श्रमदान गरेका छन भने अरु संस्थाले लगानी गरेको छ । 

उपआयोजनाका अध्यक्ष तिलक बहादुर घर्ती मगरका अनुसार २ बर्ष अगाडिको बर्षाले बगाएको खेतियोग्य जमिनमा सिचाईका लागि कुलो नहुदा समस्या परेका आफुलाई संस्थाले सहयोग गरेपछि सजिलो भएको बताएका छन । शारदाको बगरबाट बगाएर ल्याएको बालुवाको माटोवाला कुलोलाई जती पटक मर्मत गरेपनि बर्षामा परेको पानीले नै बगाएर लिने भएकाले किसानहरु मारमा थिए । उनि भन्छन- “खेतिपातीका लागि ठुलो खोतियोग जमिन रहेको यो फाँटमा बर्षायाममा दैनिक कुलो मर्मतका लागि खट्नुपथ्र्यो हामीले २ बर्षदेखि धेरै ठाउ चाहारेर यो कुलो निर्माणका लागि सहयोग पायौ हामी खुशी छौं ।”  

त्यस्तै कालिमाटी काल्चेका ३ वडाको लागि सिचाईमा प्रयोग हुने कौछेनी बेल्घाट सिंचाई मर्मत उपआयोजनामा बनेको कुलोले पनि करिव २४ हेक्टर जमिन सिंचित गर्नेछ । ४२ घरधुरी लाभान्वीत हुने उपआयोजना भएपछी स्थानियबासीमा विचैमा पानी चुहिएर खेर जाने हटेर कुलोको पानी खेतसम्म पुगेकोमा खुशी छाएको छ । 

नेपाल ग्रामिण पुनर्निर्माण संस्थाले जिल्ला भित्र कार्यक्षेत्र रहेका ८ गाविस १० स्थानमा सिचाई परियोजना सम्पन्न गरेको जनाएको छ । संस्थाले रामपुर ८ मा ओइरेनी सिचाई परियोेजना, लक्ष्मीपुर ८ मा ज्यामिरे पातिहाल्न सिचाई परियोजना, काल्चे ५, ६ र ७ मा कौछेनी वेलघाट सिचाई परियोजना, कुपिण्डेदह ६ मा तल्लो हर्रे सिचाई परियोजना, रामपुर ८ मा बैरेनी तरा सिचाई परियोजना, काभ्रा ९ मा कैनेखोला सिचाई परियोजना, माझकाँडा ९ मा गहरा सिचाई परियोजना र माथिल्लो बागमारे सिचाई परियोजना, कालिमाटी रामपुर ३ मा सतविसे सिचाई परियोजना र काल्चे ५ मा धाम खोला सिचाई परियोजना निर्माण गरेर संचालनमा ल्याएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल