माघ १३, काठमाडौं । मौसम खराबीका कारणले हवाई दुर्घटना भइरहेको कुरालाई दृष्टिगत गरी सरकारले हवाई उडान गरिने बाटो (रुट)को सही सूचना प्रवाह गर्न नयाँ ८८ वटा स्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १३, काठमाडौं । मौसम खराबीका कारणले हवाई दुर्घटना भइरहेको कुरालाई दृष्टिगत गरी सरकारले हवाई उडान गरिने बाटो (रुट)को सही सूचना प्रवाह गर्न नयाँ ८८ वटा स्व"/>

१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब यसरि बन्दैछ नेपाली आकाश सुरक्षित

१३ माघ २०७३, बिहीबार ०२:५५


माघ १३, काठमाडौं । मौसम खराबीका कारणले हवाई दुर्घटना भइरहेको कुरालाई दृष्टिगत गरी सरकारले हवाई उडान गरिने बाटो (रुट)को सही सूचना प्रवाह गर्न नयाँ ८८ वटा स्वचालित मौसम सूचना केन्द्र स्थापना गर्ने भएको छ ।

नेपालको एक सय वर्षको हवाई इतिहासमा त्यति नै सङ्ख्यामा हवाई दुर्घटना भएपछि अधिकांश घटना अध्ययन प्रतिवेदनले मौसमको प्रतिकूलतालाई नै दुर्घटनाका कारणका रूपमा देखाएको छ ।  सरकारले देशका संवेदनशील स्थानको पहिचान गरी ती स्थानमा स्वचालित मौसम सूचना केन्द्र स्थापना गर्ने भएको छ ।  अब स्थापना हुने केन्द्रमा सात दिनपछिसम्मका मौसमको पूर्वानुमानित सूचना प्रवाह गर्ने प्रविधि जडान गरिने भएको छ ।

ती मौसम सूचना केन्द्रबाट हवाई उडान रुटको बादलको उचाइ, हवाई उडान हुने रुटमा वर्षा हुन सक्ने अवस्था, तापक्रम, वर्षा, हावाको चाप, सूर्योदय, कृषिका लागि उपयुक्त सूचना, आँधीबेहरी, हिमपात, बाढीलगायतका मौसम पूर्वानुमानसम्बन्धी सही सूचना प्रवाह हुनेछ ।

हाल देशभरमा जम्मा डेढ दर्जन स्वचालित मौसम मापन केन्द्र रहेका छन् भने ती केन्द्रबाट तीन दिनपछिसम्मको सूचनाको पूर्वानुमान गर्न सकिन्छ ।  हाल स्थापना भएका केन्द्रको बीचका दूरी निकै टाढा भएकाले मौसमको पूर्वानुमान गर्न गाह्रो भइरहेको र अब स्थापना हुने नयाँ केन्द्रले देशभरमा बाक्लो उपस्थिति हुने हुँदा सूचनाको विश्वसनीयतमा वृद्धि हुनेछ ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माका अनुसार चार हजार मिटरको उचाइसम्मका स्थानमा ती केन्द्र स्थापना गरिने भएका छन् ।  ती केन्द्र निर्माणका लागि मङ्गलबार विभाग र स्लोभाकियाको परामर्शदाता कम्पनीबीच सम्झौता भएको छ ।  विश्व बैङ्कको ऋण सहयोगमा निर्माण गर्न थालिएका केन्द्र निर्माणका लागि सरकारले ‘ग्लोबल टेन्डर’ आह्वान गरेको थियो ।  हरेक दिनका मौसमसम्बन्धी विभिन्न सही सूचना प्रवाह गर्नका लागि आगामी डेढ वर्षभित्र ती केन्द्र निर्माण गरिसक्ने लक्ष्य सरकारले लिएको छ ।

मङ्गलबार भएको सम्झौता अनुसार आगामी छ महिनाभित्र परामर्शदाता कम्पनीले सबै किसिमका यन्त्र, उपकरण सम्बन्धित स्थानमा ढुवानी गरिसक्ने र आगामी डेढ वर्षभित्र जडानका काम सम्पन्न गरी सूचना प्रवाह गरिेने उल्लेख गरिएको छ ।  ती केन्द्र करिब ४२ करोड रुपियाँको लागतमा निर्माण हुन थालेका विभागले जनाएको छ ।

विभागका महानिर्देशक डा. शर्माले भने, ‘अहिलेका स्टेसनबाट उडान हुने र अवतरण हुने दुवै स्थानको मौसमको अवस्था मात्र देखाउने गरेको तर बीच बाटाको बादलको उचाइ, बदली, झरी भइरहेको वा हावाको गतिलगायतका अन्य सूचना प्रवाह गर्न सक्ने स्थिति छैन ।’ उनले यस्ता समस्याले गर्दा ती दुई स्थानको मौसमलाई मात्र हेरेर उडान भर्ने गरिएको छ तर आउँदा दिनमा बीच बाटोको समेत सूचना समेत दिन सकिने हुँदा हवाई उडानमा सहज हुने बताए। यसका लागि विभागले यो सूचना प्रवाह गर्ने शिलोमिटर जडान गर्ने योजना बनाएको छ। हवाई उडान रुट (बाटो)को समेत अवस्थाबारे यथार्थ सूचना प्रवाह हुने भएपछि नेपाली आकास सुरक्षित हुने आशा विज्ञले गरेका छन् ।

त्यसैगरी हावापानी, वर्षा, खडेरी, बदली हुन सक्ने लगायतका सूचनाले कृषि प्रणालीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  भारी वर्षा, हिमपात हुन सक्ने जस्ता महìवपूर्ण सूचना प्रवाह हुँदा ट्रेकिङ तथा समग्र पर्यटन व्यवसाय पनि लाभान्वित हुने विभागका महानिर्देशक डा. शर्माको भनाइ छ ।

तापक्रमका कारणले मानव स्वास्थ्यमा पारेको असरबारे सरकारलाई रणनीतिक योजना बनाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  महामारी फैलिन सक्ने, रोगको कीटाणु फैलिन सक्ने उपयुक्त वातावरण छ वा छैन लगायतका तापक्रमसम्बन्धी सूचना उपयुक्त समयमा प्रवाह हुँदा मानिस आफैँमा सचेत हुन र सम्बन्धित निकायले सचेतना जगाउने मौका पाउँदा महामारीबाट जोगिन मद्दत हुने विश्वास विभागले गरेको छ ।   -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह