माघ १८, काठमाडौं । संविधान संशोधन थाती राख्दै निर्वाचन मिति घोषणा गर्ने प्रयासमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मधेसी नेताहरूले आफूसँगको सहमति पालना "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १८, काठमाडौं । संविधान संशोधन थाती राख्दै निर्वाचन मिति घोषणा गर्ने प्रयासमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मधेसी नेताहरूले आफूसँगको सहमति पालना "/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीसँग ‘डिभोर्स’ चेतावनी

२०७३, १८ माघ मंगलवार ०१:५४


माघ १८, काठमाडौं । संविधान संशोधन थाती राख्दै निर्वाचन मिति घोषणा गर्ने प्रयासमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मधेसी नेताहरूले आफूसँगको सहमति पालना नगरेको आरोप लगाउँदै आन्दोलनमा जाने चेतावनी दिएका छन् । 

परिमार्जनसहित संविधान संशोधन नगरी चुनाव घोषणा गरे मधेसकेन्द्रित दलहरू सशक्त आन्दोलनमा ओर्लने उनीहरूले सोमबार सत्ता गठबन्धनसँगको बैठकमा बताएका हुन्। कांग्रेस र माओवादी केन्द्रको ‘आन्तरिक गठबन्धन' बाट एमाले नहटेसम्म वर्तमान गतिरोधले निकास नपाउने भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका थिए। उनीहरूले परिमार्जनसहित संविधान संशोधन पास नभई चुनाव हुनै नदिने बताएका छन्।

सत्तारूढ कांग्रेस–माओवादी केन्द्रसँगको बैठकमा सोमबार मधेसी नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आक्रामक हुँदै भने, ‘यो सरकार तपाईंहरूको हो कि प्रमुख प्रतिपक्षी एमालेको ? ' दाहाललाई प्रधानमन्त्री पदमा मतदान गरेको ६ महिनामा तीनबुँदे सहमति उल्लंघनमात्र नभएर एमालेको रणनीतिअनुसार मधेसीलाई पाखा लगाइएको दाबी उनीहरूले गरेका थिए।

फोरम लोकतान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सत्तामा ल्याएर संविधान संशोधनका पक्षमा ४ सय १ मत पुर्‍याउन दाहाललाई कसैले नरोकेको मधेसी नेताहरूले बताए। यस्तै अवस्था रहे यो गठबन्धन धेरै नटिक्ने र यसको कुनै औचित्य नरहने चेतावनीसमेत उनीहरूले दिए।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहान ९ बजेदेखि तीन घन्टा चलेको वार्तामा मधेसी नेताको आक्रामक र आक्रोशपूर्ण अभिव्यक्तिपछि दाहालको बचाउ गर्दै सरकारको प्रमुख घटक कांग्रेसका सभापति शेरबहादुर देउवाले भने, ‘तपाईंहरूको अडान स्थानीय निर्वाचन हुनै नदिने हो त ? ' उनले मोर्चाको मागअनुसार संशोधन पक्षमा कांग्रेस प्रतिबद्ध रहेको जिकिर गरेका थिए।

जबाफमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संघीयताको आवरणमा संघीयताविरोधी स्थानीय निर्वाचन हुनुभन्दा नहुनु उत्तम रहेको बताएका थिए। उनले भने, ‘दाहालजीको आन्तरिक गठबन्धनबाट एमाले नहटेसम्म समस्याले निकास पाउँदैन।' बैठकमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यस्तै हो भने सत्तास्वार्थी दाहालजीसँगको आगामी सम्बन्ध डिभोर्समा परिणत हुन्छ।'

प्रधानमन्त्रीले सुरुमै संविधान संशोधनमा दुईतिहाइ कसरी पुर्‍याउने, निर्वाचन घोषणा गरेर संविधान संशोधन गर्ने, स्थानीय क्षेत्र निर्धारण समितिको प्रतिवेदन परिमार्जन सम्बन्धमा मोर्चाको धारणा माग गरेका थिए। उनले भने, ‘यो सरकार मधेसीको पनि भएकाले तपाईंहरूको धारणाबाट विमुख हुन सक्दैनौं। एकअर्कालाई शंकाउपशंका गर्न छोडौं।'

प्रधानमन्त्रीले संविधान संशोधन प्रक्रिया अघि बढाउने र चुनावको तयारी थाल्ने प्रस्ताव राख्नासाथ मधेसी मोर्चाका नेताहरू आक्रोशित भएका थिए। तमलोपा अध्यक्ष ठाकुरले संविधान संशोधन विधेयक परिमार्जनसहित पास नभएसम्म चुनावमा नजाने र प्रक्रिया अघि बढ्नै नदिने बताए। उनले संशोधनको सहमतिका लागि एमालेसँग संवाद गर्न दाहाललाई सुझाए। ठाकुरले संविधान संशोधन नभए आन्दोलनमा जाने चेतावनी दिँदै त्यस्तो बेला मधेसमा सुरक्षा निकायबाहेक अरू कुनै कार्यालय चल्न नदिने चुनौती दिए । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा