२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं भ्यू टावर निर्माण सुरु

२०७३, २१ माघ शुक्रबार ०२:५५

माघ २१, काठमाडौं | पुरानो बसपार्कमा २९ तले ‘काठमाडौँ भ्यू टावर ’को निर्माण सुरु भएको छ । करिब ५ वर्ष अघिदेखि चर्चामा रहेको बहुउद्देश्यीय भवनको निर्माण कार्य ‘जलेश्वर स्वच्छन्द विको विल्डर्स’ कम्पनीले अघि बढाएको हो ।

निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) प्रणाली अनुसार काठमाडौं महानगरपालिकाले ४ वर्षअघि नै उक्त कम्पीनसँग सम्झौता गरको थियो। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कम्पनीविरुद्ध उजुरी परपछि निर्माण प्रक्रियामा ढिलाइ भएको थियो । गत वर्ष उपराष्ट्रपति नन्दबहादुर पुनले टावरको शिलान्यास गरपछि यसको निर्माण कार्य अघि बढेको हो । यसबीचमा बसपार्कलाई खुलामञ्चमा सार्ने काम भएको छ । भूकम्पका कारण निर्माणमा केही अवरोध आए पनि अब द्रुतगतिमा काम हुने कम्पनीले जनाएको छ ।

महानगरका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले तीन वर्षभित्र भ्यू टावर निर्माण सम्पन्न हुने बताए । ‘टावरबाट सम्पूर्ण उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ,’ उनले भने, ‘यो अत्याधुनिक भवन हो, पहिलो चरणमा १२ तल्लामात्र निर्माण गर्ने सम्झौता भएको छ, त्यसपछि विस्तार अरू तल्ला निर्माणको अनुमति दिइन्छ ।’कम्पनीले सम्पूर्ण अध्ययन गरर निर्माण कार्य अघि बढाएको भन्दै उनले यो व्यावसायिक भवनमात्र नभएर मुलुककै इज्जत बढाउने दाबी गर । ‘परम्परागत कला र शैलीमा भवन निर्माण गरिन्छ,’ उनले भने, ‘भूकम्पले सुन्धरास्थित धरहरा ढलेपछि टावरको खाँचो छ ।’ 

भ्यु टावरको भूमिगत दुई तलामा पार्किङ, त्यसमाथि बस, टेम्पोलगायतका सवारी साधन, मोटरसाइकललगायतका स्टेसन बनाइने छ । निर्माण भइसकेपछि पहिलेजस्तै यहाँबाट यातायातका साधन उपत्यका विभिन्न स्थानका लागि छुट्ने उनले बताए । टावरमा चारवटा मनोरञ्जन हल, बैंक, अस्पताल, फिल्म हल, रेस्टुरेन्ट, पुस्तकालय समेत बनाइने छ । टावरका सबै तला चौबीसै घन्टा खुला रहनेछन् । 

टावर निर्माण गर्न करिब २ अर्ब रुपयाँ लाग्ने अनुमान कम्पनीको छ । जमिनको प्रत्येक वर्ष ७० लाख रुपयाँ भाडा तिर्नेछ भने त्यो पनि वर्षैपिच्छे दस प्रतिशतका दरले बढ्ने सम्झौता भएको छ । टावर निर्माणपश्चात् प्रत्येक वर्ष १ करोड ६५ लाख रुपयाँ महानगरलाई राजस्व बुझाउने र त्यो वर्षैपिच्छे तीन प्रतिशतका दरले बढ्ने छ । कम्पनीका प्रबन्ध निर्देशक मनोजकुमार भेटवालले निर्माणका लागि अधिकांश उपकरण ल्याइसकेको बताए । तीन वर्षभित्र जसरी पनि निर्माण सम्पन्न गर्ने उनले बताए । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा