१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं भ्यू टावर निर्माण सुरु

२१ माघ २०७३, शुक्रबार ०२:५५

माघ २१, काठमाडौं | पुरानो बसपार्कमा २९ तले ‘काठमाडौँ भ्यू टावर ’को निर्माण सुरु भएको छ । करिब ५ वर्ष अघिदेखि चर्चामा रहेको बहुउद्देश्यीय भवनको निर्माण कार्य ‘जलेश्वर स्वच्छन्द विको विल्डर्स’ कम्पनीले अघि बढाएको हो ।

निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) प्रणाली अनुसार काठमाडौं महानगरपालिकाले ४ वर्षअघि नै उक्त कम्पीनसँग सम्झौता गरको थियो। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कम्पनीविरुद्ध उजुरी परपछि निर्माण प्रक्रियामा ढिलाइ भएको थियो । गत वर्ष उपराष्ट्रपति नन्दबहादुर पुनले टावरको शिलान्यास गरपछि यसको निर्माण कार्य अघि बढेको हो । यसबीचमा बसपार्कलाई खुलामञ्चमा सार्ने काम भएको छ । भूकम्पका कारण निर्माणमा केही अवरोध आए पनि अब द्रुतगतिमा काम हुने कम्पनीले जनाएको छ ।

महानगरका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले तीन वर्षभित्र भ्यू टावर निर्माण सम्पन्न हुने बताए । ‘टावरबाट सम्पूर्ण उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ,’ उनले भने, ‘यो अत्याधुनिक भवन हो, पहिलो चरणमा १२ तल्लामात्र निर्माण गर्ने सम्झौता भएको छ, त्यसपछि विस्तार अरू तल्ला निर्माणको अनुमति दिइन्छ ।’कम्पनीले सम्पूर्ण अध्ययन गरर निर्माण कार्य अघि बढाएको भन्दै उनले यो व्यावसायिक भवनमात्र नभएर मुलुककै इज्जत बढाउने दाबी गर । ‘परम्परागत कला र शैलीमा भवन निर्माण गरिन्छ,’ उनले भने, ‘भूकम्पले सुन्धरास्थित धरहरा ढलेपछि टावरको खाँचो छ ।’ 

भ्यु टावरको भूमिगत दुई तलामा पार्किङ, त्यसमाथि बस, टेम्पोलगायतका सवारी साधन, मोटरसाइकललगायतका स्टेसन बनाइने छ । निर्माण भइसकेपछि पहिलेजस्तै यहाँबाट यातायातका साधन उपत्यका विभिन्न स्थानका लागि छुट्ने उनले बताए । टावरमा चारवटा मनोरञ्जन हल, बैंक, अस्पताल, फिल्म हल, रेस्टुरेन्ट, पुस्तकालय समेत बनाइने छ । टावरका सबै तला चौबीसै घन्टा खुला रहनेछन् । 

टावर निर्माण गर्न करिब २ अर्ब रुपयाँ लाग्ने अनुमान कम्पनीको छ । जमिनको प्रत्येक वर्ष ७० लाख रुपयाँ भाडा तिर्नेछ भने त्यो पनि वर्षैपिच्छे दस प्रतिशतका दरले बढ्ने सम्झौता भएको छ । टावर निर्माणपश्चात् प्रत्येक वर्ष १ करोड ६५ लाख रुपयाँ महानगरलाई राजस्व बुझाउने र त्यो वर्षैपिच्छे तीन प्रतिशतका दरले बढ्ने छ । कम्पनीका प्रबन्ध निर्देशक मनोजकुमार भेटवालले निर्माणका लागि अधिकांश उपकरण ल्याइसकेको बताए । तीन वर्षभित्र जसरी पनि निर्माण सम्पन्न गर्ने उनले बताए । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल