माघ २१, सल्यान । दमाचौर १ चामी गाउँको टाकुराबाट पुर्व तिर दोव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
माघ २१, सल्यान । दमाचौर १ चामी गाउँको टाकुराबाट पुर्व तिर दोव"/>
१३ माघ २०८२, सोमबार
कृषि गतिबिधी

दमाचौरको चामी गाउँमा कृर्षि सडक विस्तार गरिदै

२१ माघ २०७३, शुक्रबार १६:३१


माघ २१, सल्यान । दमाचौर १ चामी गाउँको टाकुराबाट पुर्व तिर दोवै खोला, चैतेकाफल हुदै रोल्पाको जिनाबाङ जोड्ने कृर्षि सडकको निर्मान काम यो बर्ष पनि गरिएको छ । 
दमाचौर गा.वि.स. बाट २०७२/७३ को लागि परेको १ लाख बजेटले पोहोर साल केहि सडक खनिएको समीतिका सचिव खकेन्द्र केसीले बताएका छन् । यो बर्ष पनि २०७३/७४ मा कृर्षी सडकका लागी गाविसबाट छुट्याएको ५० हजार र सडक उन्नतीको लागी ८० हजार गरि जम्मा  १ लाख ३०  हजारले चामी गाउँको टाकुराबाट ठुलाचौर सम्म विस्तार गरिएको सडक आज एक कार्यक्रम गरि समापन गरिएको छ । 
आलु उत्पादनका लागि प्रख्यात रहेको चामि गाउँ गाविसको सम्पूर्ण सुविधाबाट पछाडि रहेको छ । आलु उत्पादन बाट चामी गाउँका किसानहरुले बर्षेनी लाखौँको आम्दानी गर्दै आएका छन् । अहिले निर्माण गरिएको कृर्षी सडक अझै विस्तार गरी जिनाबाङ सम्म जोड्न सके किसानहरुलाई झन राहत हुने कृर्षि सडक समितिका अध्यक्ष खिमलाल केसी र सदस्य टोप बहादुर केसी बताउछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह