फागुन १, दार्चुला । प्रधानमन्त्रीले कोष नदिँदा सहकारी तथा गरिबी निवारणसम्बद्ध कार्यक्रमहरु सञ्चालन गर्न नसकिएको सहकारी तथा गरिबी मन्त्रीले गुनासो गर्नुभएको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १, दार्चुला । प्रधानमन्त्रीले कोष नदिँदा सहकारी तथा गरिबी निवारणसम्बद्ध कार्यक्रमहरु सञ्चालन गर्न नसकिएको सहकारी तथा गरिबी मन्त्रीले गुनासो गर्नुभएको छ ।
६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहकारी मन्त्रालयको काम छैनः मन्त्री थानी

१ फाल्गुन २०७३, आईतवार १५:४२

फागुन १, दार्चुला । प्रधानमन्त्रीले कोष नदिँदा सहकारी तथा गरिबी निवारणसम्बद्ध कार्यक्रमहरु सञ्चालन गर्न नसकिएको सहकारी तथा गरिबी मन्त्रीले गुनासो गर्नुभएको छ ।

गरिबी निवारण कोष प्रधामन्त्रीको अध्यक्षतामा रहेको समितिको मातहतमा रहेको र प्रधानमन्त्रीले गरिबी निवारणसम्बद्ध कार्यक्रमहरुका लागि रकम उपलब्ध नगराएकोले कार्यक्रमहरु प्रभावित भएको मन्त्री हृदयराम थानीले जानकारी दिनुभएको छ ।

आफूले कोष परिचालनको विकल्प, गरिबी निवारणका कार्यक्रम प्रभाकारी बनाउने कार्यनीति प्रस्तुत गर्दासमेत कोष प्रवाह नहुँदा काम गर्न नसक्ने अवस्थामा रहेको उहाँले बताउनु भयो । ‘काम नगर्ने मन्त्रालयका रुपमा उभ्याइएको छ । मन्त्री परिषद्ले गर्न सक्ने निर्णय गर्न समेत प्रधानमन्त्री तयार देखिएनन् ।’ उहाँले भन्नुभयो ।

मन्त्रालय अन्तर्गत रहेका गरिबी निवारणसम्बन्धि सबै कार्यक्रमहरुलाई एकीकृत रुपमा सञ्चालन गरेर गरिबी निवारणका कार्यक्रमहरुलाई एक महिनाभित्र सञ्चालन गर्ने योजना आफूहरुसँग रहेको बताउने मन्त्री थानीले यसका लागि सम्बन्धित मन्त्रालयहरु तयार नभएको बताउनु भयो ।

१४ मन्त्रालयमा गरिबी निवारणसम्बन्धि ४९ कार्यक्रममा रहेको र मन्त्रायलहरुले एकीकृत रुपमा काम गर्न नसक्दा गरिबी निवारणसम्बन्धि कार्यक्रम परिणाममुखी हुन नसकेको हो ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको गरिबी निवारण कोष, अर्थ मन्त्रायलसँग रहेको सहकारी सम्बद्ध कोष र सामान्य प्रशासन मन्त्रालयसँग रहेको गरिबसँग विश्वेश्वर कार्यक्रमलाई मात्रै पनि एकीकृत गर्ने हो भने गरिबी निवारणका क्षेत्रमा परिणाममुखी काम हुने मन्त्री थानीको भनाई छ ।

मन्त्रालयले गरिबी निवारण कार्यक्रम अन्तर्गत हालसम्म २५ जिल्लाका गरिबीको रेखामुनी रहेका घरपरिवारका ३ लाखभन्दा बढी घरपरिवारको पहिचान गर्ने काम मात्रै गरेको छ ।

गरिबी घरधुरी पहिचान गर्ने कार्यक्रम लागु भएका २५ जिल्लाका ३ लाख ९५ हजार घरपरिवारलाई मात्रै मन्त्रालयले पहिचान गर्न सकेको छ । मन्त्रालयको तथ्यांक अनुसार १ लाख ९० हजार अतिविपन्न, १ लाख ५० हजार मध्यस्तरका र ८४ हजार घरपरिवार सिमान्त परिवारभित्र परेका छन् । विभिन्न १८ वटा सुचकांकका आधारमा गरिएको तथ्यांक संकलनका आधारमा ती घरधुरी पहिचान गरिएको मन्त्रालयले जनाएको छ ।

देशका बाँकी ५० जिल्लामा यसै आर्थिक वर्षदेखि पहिचान कार्यक्रम सुरु हुने भनिए पनि रकम अभावकै कारण प्रभाकारी रुपमा कार्यान्वयन गर्न नसकिने अवस्था रहेको मन्त्री थानीले जानकारी दिनुभएको छ ।

गरिबीको रेखामुनी रहेका नागरिकलाई ५ किसिमको सुविधा दिने योजना मन्त्रालयले तय गरेको छ । आयमुलक र सिपमुलक कार्यक्रमका साथै मन्त्रालयले उपचारका लागि व्यवस्था गर्ने योजना बनाएको छ । गरिबीको रेखामुनि रहेका नागरिकहरु अस्पताल भर्ना हुँदा उपचार खर्च सबै सरकारले व्यहोर्ने गरी नीति बनाइएको छ भने गुणस्तरीय शिक्षा र खाद्यान्नको उपलब्धका क्षेत्रमा सहयोग गर्ने नीति पनि मन्त्रालयले तय गरेको छ । ‘गरिबीको रेखामुनी रहेको प्रमाण पत्र दिएर मात्रै पुग्दैन, सेवा र सुविधासमेत दिनु पर्दछ ।’ मन्त्री थानीले भन्नुभयो ।

गरिबी निवारणको क्षेत्रमा काम गर्न तत्काल १५ अरब रुपैयाँ परिचालन गर्न सकिने देखिन्छ । गरिबी निवारण कोषसँग रहेको ५ अबर र अर्थ मन्त्रालयसँग रहेको १० अबर तत्काल परिचालन गर्न सकिने हो भने गरिबी निवारणको क्षेत्रमा परिणाममुखी काम गर्न सकिने देखिन्छ । ‘तर मन्त्रालयहरुबीच समन्वय हुन सकेको छैन, जसले गर्दा गरिबी निवारण कोषले परिणाममुखी काम गर्न सकेको छैन ।’ मन्त्री थानीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश