पढ्न करिब 1 मिनेट लाग्छ

खकेन्द्र केसी

फागुन ४, सल्यान ।

सल्यान वागचौर नगरपालीका १० भाटविटेमा रहेका स्वरस्वती आधारभुत विद्यालयको दुई कोठे भवनको हिजो सिलान्यास गरिएको छ ।

जिल्ला शिक्षा कार्यालयको सहयोगमा निर्माण भएको भवनको सिलान्यास सल्यान क्षेत्र नं. १ का संसद टेक बहादुर बस्नेतले गरेका हुन । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तथा माओवादी केन्दका सचिवालय सदस्य समेत रहेका टेक बहादुर बस्नेतले विद्यालयमा भौतिक सुधारका साथै शैक्षिक सुधार र गुनस्तरीय शिक्षा हुनुपर्ने भन्दै सबैले यसमा जोड दिनुपर्ने बताएका थिए । लामो समय देखि रिक्त भएको स्थानिय सक्ता प्राप्त गर्न अव छिटै हुने स्थानीयतहको निर्वाचनमा केन्दीत हुन अविभावकहरुलाई सुझाब दिएका छन ।

सिलान्यासको अबसर पारि पुर्व विद्यालय व्यवथापन समितीका अध्यक्ष तथा शिक्षकहरुलाई पनि समान गरिएको थियो । कार्यक्रममा सल्यान रुकुम यातायात व्यवसायी समितीका अध्यक्ष लोकमान बुढाथोकी, माओवादी केन्द्रका राष्टिय महाधिवेशन आयोजक समितीका सदस्य मोहनलाल बुढाथोकी, हर्ष राज शर्मा, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्दीय सदस्य तथा जिल्ला अध्यक्ष उमेश कुमार बुढाथोकीको उपस्थिती रहेको थियो ।