प्रमुख दल निकट विद्यार्थी संगठन ने"/>
प्रमुख दल निकट विद्यार्थी संगठन ने"/>
फागुन ५, काठमाडौं । फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पाँच दिनका लागि सरेको छ ।
प्रमुख दल निकट विद्यार्थी संगठन नेविसंघ, अनेरास्ववियु , अनेरास्ववियु क्रान्तिकारी र विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नेताहरुबीच बिहीबार बिहान बसेको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको हो ।
प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिए ।
यस्तै त्रिभुवन विश्वविद्यालयले बिहीबार दिउँसो दुई बजे प्रमुख विद्यार्थी संगठनका नेताहरुलाई छलफलमा बोलाएको छ । त्यहीँबाट त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको नयाँ तालिका सार्बजनिक गर्ने बताइएको छ ।
त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका यसअघि नै सार्बजनिक गरेको थियो । तर विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले त्यसको विरोध गर्दै आएको थियो ।