खकेन्द्र केसी

फागुन ५ सल्यान 

विपद् आउनुअघि, आएको अवस्था र आएपछि कसरी रिपोटिङ गर्ने भन्नेबारेमा जानकारी गराउने उद्देश्यले सञ्चारकर्मीहरूका लागि सल्यानमा सञ्चालित ३ दिने तालिम आज समापन भएको छ ।कृषि स्वास्थ्य तथा बैकल्पिक जिविकोपार्जन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी

फागुन ५ सल्यान 

विपद् आउनुअघि, आएको अवस्था र आएपछि कसरी रिपोटिङ गर्ने भन्नेबारेमा जानकारी गराउने उद्देश्यले सञ्चारकर्मीहरूका लागि सल्यानमा सञ्चालित ३ दिने तालिम आज समापन भएको छ ।कृषि स्वास्थ्य तथा बैकल्पिक जिविकोपार्जन "/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सल्यानमा विपद सम्वन्धि सञ्चारकर्मीका लागी ३ दिने तालिम समापन

२०७३, ५ फाल्गुन बिहीबार १२:१३

खकेन्द्र केसी

फागुन ५ सल्यान 

विपद् आउनुअघि, आएको अवस्था र आएपछि कसरी रिपोटिङ गर्ने भन्नेबारेमा जानकारी गराउने उद्देश्यले सञ्चारकर्मीहरूका लागि सल्यानमा सञ्चालित ३ दिने तालिम आज समापन भएको छ ।कृषि स्वास्थ्य तथा बैकल्पिक जिविकोपार्जन प्रवद्र्धन पहल कार्यक्रम अन्तर्गत  यु.एस.ए.आई.डि. को आर्थिक सहयोग तथा दलित बिकास समाज सल्यानको आयोजनामा फागुन ३ गते देखि सञ्चालन भएकोे तालिममा जिल्ला स्थित विभिन्न सञ्चारमाध्यममा कार्यरत करिब १५ जना भन्दा बढि सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

तालिमलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका निरज श्रेष्ठले सहजीकरण गरेका थिए । विपद पूर्वतयारी, विपदका समयमा र विपद पछि सञ्चारकर्मी र सञ्चारमाध्यमको भूमिका अहम् हुने भन्दै श्रेष्ठले  सञ्चारकर्मीले विपद आइपर्न सक्ने सम्भावित स्थान र विषयगत क्षेत्रको पहिचान गरेर त्यसबारेमा समाचार प्रकाशन र प्रशारण गर्न सके त्यसमा सरोकारवाला निकाय केन्द्रित भई सम्भावित जोखिमबाट बच्ने सक्ने बताएका छन् । 

 समापन कार्यक्रममा बोल्दै DDS सल्यानका अध्यक्ष निम बहादुर नेपालीले  विपद जोखिमका समयमा संकटासन समुदायको उत्थानशील गराउन सञ्चारकर्मीको महत्वपूर्ण भुमिका हुने बताए  । विपद बाट बच्न सुचना फैलाउन सञ्चारकर्मी मात्रै नभएर अन्य व्यक्ति पनि लाग्नुपर्ने नेपालीले बताएका छन् । त्यस्तै पहल कार्यक्रमका सल्यान जिल्ला संयोजक गोकर्न देवकोटाले कल्पना गर्न नसक्ने गरी आउने विपद बाट बच्न केहि कुरा पहिले नै बेलाबेलामा जानकारी गराउनुपर्ने बताए । उनले विपद आइहालेपनि  जोखिममा परेका व्यक्तिलाई उद्वारका लागी सञ्चारकर्मीले राज्यका जिम्मेवार व्यक्तिलाई घचघच्याउन अहम भुमिका खेल्नुपर्न बताएका छन्  । 

नेपाल पत्रकार महासंघ सल्यानका कार्यबहाक अध्यक्ष सनतकुमार शर्माले जिल्लामा यस्तो खालको कार्यक्रम पहिलो पटक आएको भन्दै अब यसबाट सञ्चारकर्मीहरुले केही सिकेकाले यसलाई{ व्यबहारमा उतार्ने समेत बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा