२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

बुढीगण्डकी जलविद्युत आयोजनाले बितरण गरेको मुआब्जाप्रति सरोकार समिति असन्तुष्ट

२०७३, १४ फाल्गुन शनिबार १६:५९

जि.पि.पौडेल/फागुन १४, गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले बुढीगण्डकी डुबान क्षेत्रका जग्गाको मुआब्जा वितरण सुरु गरेको प्रति बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आफुहरुको ध्यानाकर्षण भएको जनाएको छ । 

स्थानीय वासिन्दाको सरोकार सम्बोधन नगरी केही रकमको भरमा डुबान क्षेत्रका वासिन्दालाई थातथलोबाट हटाउने प्रयत्न भइरहेको भन्दै समितिले आज प्रेस वक्तव्य जारी गर्दै आफुहरुको ध्यानाकर्षण भएको जनाएको हो । 

“जलविद्युत आयोजनाको काम अघि बढाउन मुआब्जा वितरण सकारात्मक कदम हो तर स्थानीय वासिन्दाको सरोकार संबोधन नगरी केही रकमको भरमा डुबान क्षेत्रका वासिन्दालाई थातथलोबाट हटाउनु गलत भएकाले त्यसतर्फ सबै सरोकारवाला सचेत हुन जरुरी छ” प्रेस वक्तव्यमा उल्लेख गरिएको छ । समितिका संयोजक हरेराम ढकालले जारीे प्रेस बिज्ञप्ती अनुसार पुनरावलोकन प्रक्रिया चलिरहेकाले आयोजनाबाट पूर्ण विस्तापित परिवारले मुआब्जा रकम लिन निवेदन समेत नदिएको जनाइएको छ ।  

“अहिले जिल्ला प्रशासन कार्यालयबाट मुआब्जा रकम लिनेको विवरण हेर्दा अन्यत्रबाट आएर जग्गा खरिद गर्ने र डुबान क्षेत्र बाहिर जग्गाजमिन भएकाहरुको बाहुल्यता रहेको छ” प्रेस वक्तव्यमा उल्लेख गरिएको छ । 

पुनर्वास, पुनस्थापना आवश्यक नपर्ने, नचाहने र डुबान क्षेत्र बाहिर बसोबास स्थल भएकाहरुले मात्र मुआब्जा लिएको समितिले दाबि गरेको छ । मुआब्जा वितरण स्थगित गरी पुनरावलोकनका लागि सरोकार समितिको मागको अन्तिम टुंगो लगाउनतर्फ केन्द्रित हुन गृह मन्त्रालय, उर्जा मन्त्रालय बुढीगण्डकी जलविद्युत विकास समिति र जिल्ला प्रशासन कार्यालयलाई समितिले प्रेश बिज्ञप्ती मार्फत आग्रह गरीएको छ । 

सबै निवेदनको अन्तिम टुंगो लगाएपछि डुबान क्षेत्रका वासिन्दालाई एकैपटक रकम वितरण गर्न सकिने हुनाले समग्रमा मुआब्जा वितरण प्रक्रिया ढिलो नहुने उनिहरुको भनाई रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा