2026-10-12 04:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन

2026-09-01

काठमाडौँ | गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ४ चोरकाटेमा खाना पकाउने ग्यास नपाइएको विरोधमा प्रदर्शन भएको छ। स्थानीय बासिन्दाले लामो समयसम्म खाना पकाउने ग्यास नपाएको भन्दै खाली सिलिण्डरसहित आज प्रदर्शन गरेका हुन्। उनीहरूले चोरकाटेस्थित मध्यपहाडी लोकमार्गस्थित सडकमा खाली सिलिण्डर राखेर प्रदर्शन गरेका थिए।

स्थानीय बासिन्दाका अनुसार लामो समयदेखि गोरखाका ग्रामीण क्षेत्रमा खाना पकाउने ग्यास अभाव छ। सदरमुकामस्थित ग्यास डिपोबाटै ग्यास बिक्री वितरण गर्ने गरिएको छ भने डिपोले खुद्रा पसलहरूमा ग्यास नपठाएको महिनौं भइसकेको उनी बताउँछन्। ग्यास पाइने आशामा सिलिण्डरसहित नाम टिपाएको महिनौं हुँदा पनि ग्यास नपाइएको भन्दै स्थानीयले आज प्रदर्शन गरेका हुन्। गोरखा सदरमुकाममा ग्यास बिक्री वितरण गर्ने दुई वटा डिपो छ र त्यहीँबाट ग्यास वितरण गर्ने गरिएको छ।

सदरमुकामका ग्यास डिपोमा पनि राति अबेरसम्म ग्यास बिक्री वितरण हुने गरेको छ। उपभोक्ताहरू लामो समय लाइनमा बसेपछि मात्रै ग्यास पाउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी