फागुन १७, काठमाडौं । भनिन्छ 'राजनीति एउटा खेल हो' कुलमान घिसिङको नेतृत्वमा लोडसेडिङ हटाइएपछी प्रतिपक्षी दललाइ त यसै पनि टाउको दुखेको छ उता यो बिषयले इन्भर्टर ब्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १७, काठमाडौं । भनिन्छ 'राजनीति एउटा खेल हो' कुलमान घिसिङको नेतृत्वमा लोडसेडिङ हटाइएपछी प्रतिपक्षी दललाइ त यसै पनि टाउको दुखेको छ उता यो बिषयले इन्भर्टर ब्य"/>
२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुलमानले फागुनमा पनि लोडसेडीङ हुन नदिएपछी लोडसेडीङ गराउन यस्तो खेल

२०७३, १७ फाल्गुन मंगलवार ०७:५१

फागुन १७, काठमाडौं । भनिन्छ 'राजनीति एउटा खेल हो' कुलमान घिसिङको नेतृत्वमा लोडसेडिङ हटाइएपछी प्रतिपक्षी दललाइ त यसै पनि टाउको दुखेको छ उता यो बिषयले इन्भर्टर ब्यबसायी र सोलार ब्यबसायीहरुलाई समेत पर्नुसम्मको मार परेको छ ।

सबैभन्दा कम बिद्युत आपूर्ति हुने समयमा समेत कुलमान नेतृत्वले जनतालाई २४ सै घण्टा बिजुली दिएपछि फागुनमा लोडसेडीङ हुने आशा गरेर बसेकाहरु समेत निराश भएका छन् । 

काठमाडौंमा यो वर्ष लोडसेडिङ नहुने पक्का भइसकेको अवस्था छ । किनकी बिजुलीको चरम अभाव हुने फागुनको समयलाई प्राधिकरणले पार लगाइसकेकको छ भने अब हिउँ पग्लिएर नदीहरुमा पानीको बहाव बढ्ने भएकाले उत्पादन बिस्तारै बढ्दै जान्छ । यसको मतलब अब बिजुली थपिंदै जान्छ । गर्मि बढ्दै जाँदा हिउँ पग्लिएर नदीहरुको बहाब बढ्न गई बढी मात्रामा बिजुली निस्कन्छ । चरम अभावको समयमा समेत बिजुली दिइरहेको प्राधिकरणलाई अब बिस्तारै बिजुली बढ्दै जाने अवस्थामा कुनै समस्या छैन । यसै अवस्था देखेर अत्तालिएका विद्युत- माफियाहरुले अब लोडसेडीङ गराउने नयाँ अभियान सुरु गरेको स्पष्ट देख्न थालिएको छ । प्राधिकरणका अनुसार पछील्लो समय धेरै संकास्पद कामहरु हुन थालेका छन् । निरन्तर आफ्नो काममा तल्लिन कर्मचारीहरुलाई बोठोलने देखि बन्दै गरेका कामहरुलाई प्राभावित गर्ने सम्मका काम भएका छन् । 

प्राधिकरण स्रोतका अनुसार माफियाहरुले बिजुलीको पोल ढाल्नेदेखि ट्रान्समिटर बिगार्नेसम्मका संकास्पद कामहरु गर्न थालेको बताइएको छ । पछिल्लो समय काठमाडौँको बानेश्वर क्षेत्रमा लोडसेडीङ छ तर त्यो हुनुमा प्राधिकरणको कमजोरी वा साच्चिकै लोडसेडीङ भने गरिएको हैन । बानेश्वरमा बिजुली प्रवाहको लागि ट्रान्सफर्मर संकास्पद तरिकाले बिगारिएको बताइएको छ । विद्युत प्राधिकरणले यो घटना कसरी भएको भनेर खोजी गर्दैछ । प्राधिकरणको अनुसार बानेश्वर सव स्टेशनका २ वटा १८ एमभीए क्षमताका ट्रान्सर्फमर एक्कासी बन्द भए जसको कारण ट्रान्सर्फमरबाट वितरण हुने ३६ एमभीए बराबरको बिजुलीको आपूर्ति बन्द भयो । जसको कारण बानेश्वर क्षेत्रमा लोडसेडिङ भयो ।

घटना यो मात्र हैन । प्राधिकरणका अनुसार यस्ता घटना धेरै भएका छन् । विद्युत आपूर्ति बन्द गर्ने उध्यश्यले ठुला काममा मात्र बाधा गर्ने प्रयास भएका छन् । लोडसेडीङ हटाउने मात्र नभई दिगो रुपमा बिद्युत आपूर्तिमा तल्लिन बनेको प्राधिकरणलाई बिभिन्न समस्यामा अल्झाउने प्रयास गरिएको छ । यस बिषयमा कुलमान नेतृत्वले समेत अनुसन्धान गर्ने कुरा बाहिर आएको छ ।

लोडसेडीङ अन्त्य गर्ने घोषणा भएलगत्तै यस्ता घटनामा निरन्तरता भईराखेको प्राधिकरणले जनाएको छ । 

कसले किन गर्दैछ यस्तो हर्कत ? 

छानबिन नभएसम्म यस बिषयमा कसैलाई आरोप प्रत्यारोप लगाउनु ठिक होइन तर यो बिषयलाई आम रुपमा राजनीतिक शक्ति नै केन्द्रित हुन सक्ने बुझाई छ । बर्तमान सरकारले लोडसेडीङ हटाएको अवस्थामा यस अघि समेत बिभिन्न राजनीतिक घटना घटेका थिए  । यस अघि पनि धेरै तरिकाले घिसिङमाथि अवरोधको प्रयास गर्ने सञ्चालकमा लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछाने बिबादमा तानिएका थिए । त्यसो त घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास यसअघि पनि भएको थियो । सो प्रयास असफल भएपछि ज्यालादारीका नाममा केही व्यक्तीले आन्दोलनको तयारी समेत गर्न उस्काएका थिए ।

राजधानीमा लोडसेडिङ हटाएर जनतालाई राहत दिएका कुलमानलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा यसअघि कांग्रेस र एमाले निकट कर्मचारी संघ र युनियनले गरेका थिए । तर जनताको साथ पाएका घिसीङलाई आन्दोलन गरेर उल्टो आफ्नो साख गिराउने कसैमा पनि आँट आएन । पछिल्लो समय तिनै शक्तिले कुलमानलाई असफल बनाउने बैकल्पिक बाटो अपनाईएको हुन सक्ने बुझाई छ । 

यो बर्षभारी लोडसेडीङ नभएको अवस्थामा त्यसको श्रेय माओवादीले लिने बिपक्षीहरुको बुझाई छ । बिशेष गरि माओवादी नेता तथा उर्जामन्त्री जनार्दन शर्माले घोषणा गरेका बिभिन्न नीतिले देशलाई बिद्युत उत्पादनमा सवल बनाउने स्थिति देखिएको छ । 

लोडसेडीङ हटाएर ख्याती कमाएको बर्तमान सरकारको साख गुमाउन सके निर्वाचनमा समेत त्यसको प्रभाव पर्ने बिपक्षी पार्टीहरुको बुझाई भएर पनि लोडसेडीङ हटाउने अभियानमा बाधा अड्चन भएको हुनसक्ने शंका गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता