पढ्न करिब 2 मिनेट लाग्छ

फागुन २५, अर्घाखाँची । महिला सम्मानको आधार, सिपयुक्त हात र स्वरोजगार भन्ने मुख्य नाराका साथ आज अर्घाखाँची सहित देशभर विभिन्न कार्यक्रम गरी १०७ औ अन्तरराष्ट्रिय महिला दिवस मनाईएको छ ।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्रा्िष्ट्रय श्रमिक महिला दिवस मनाउने थालिएको हो ।

सदरमुकाम सन्धिखर्कको शान्तिबगैचाबाट सुरु भएको ¥याली मिडीया चोक, पुरानो वसपार्क, भक्तीटोला, वसपार्क, हललाईन हुदै शान्तीबगैचा आई सभामा परिणत भएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै स्थानिय विकास अधिकारी प्रदीप पौडेलले पुरुष सरह महिलाहरुले काम गर्न सक्ने भएकोले कुनै पनी काममा पछि नहटन आग्रह गर्नुभयो । नेपाली कांग्रेसका जिल्ला उपसभापती शान्ता भण्डारीले कांगेस अर्घाखाँचीले महिला र पुरुषलाई समान पद दिएकोले पुरुष सभापती भए उपसभापती महिला बनाई सुरुवात गरेकोले लगत्तै हुदै गरेको स्थानिय निकाएको चुनावमा महिला मेयर तथा अध्यक्ष भए पुरुष उम्मेदवार तथा उपाध्यक्ष भई महिला र पुरुषलाई समान पद दिएर सुरुवात गर्न आफु लागिपर्ने बताउनुभयो ।

नेकपा एमालेका उपाध्यक्ष जिवनारायण कोईराला, राप्रपाका सचिव शम्शुदीन मियाँ, जनमोर्चाका सचिव गोपाल पौडेल, नयाँ शक्तीका दिनेश सुनार, परिवार दलका डिल्लीराज भुसाल, नेपाल महिला संघका लक्ष्मी श्रेष्ठ, अनेमसंघका विजुला रायमाझी, अनेमसंघ जनमोर्चाका कल्पना पोखरेल, नयाँ शक्ती महिला संघका श्रृजना विक, अन्तरपार्टी महिला सञ्जालका ईश्वरा पोखरेल, एकल महिला संघका जिल्ला अयष खगिश्वरा वस्याल, पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल, लालिगुरास महिला बचतका जानका बन्जाडे लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा सांस्कृतिक प्रस्तुती समेत रहेको थियो ।

दश समुहको सहभागीता रहेको कार्यक्रममा लागीगुरास महिला बचत तथा ऋण सहकारी संस्था प्रथम, प्रगतिशिल समुह दृतिय, माछापुच्छे्र समुह तृतिय र सुआहारा परियोजनाको समुह शान्तव्ना भएका थिए । विजयी समुहहरुलाई नगद रु ४०००, ३०००, २००० र १००० सहित प्रमाण पत्र सहित पुरस्कार वितरण गरिएको थियो ।

महिला तथा बालबालीका कार्यालय अर्घाखाँचीको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता निमित्त महिला विकास अधिकृत विमला लम्छाल, गिता पाण्डेको स्वागत तथा नेपाल महिला संघका जिल्ला सचिव छमा कार्कीको सञ्चालनमा सम्पन्न भएको हो ।