फागुन २५, अर्घाखाँची । महिला सम्मानको आधार, सिपयुक्त हात र स्वरोजगार भन्ने मुख्य नाराका साथ आज अर्घाखाँची सहित देशभर विभिन्न कार्यक्रम गरी १०७ औ अन्तरराष्ट्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २५, अर्घाखाँची । महिला सम्मानको आधार, सिपयुक्त हात र स्वरोजगार भन्ने मुख्य नाराका साथ आज अर्घाखाँची सहित देशभर विभिन्न कार्यक्रम गरी १०७ औ अन्तरराष्ट्"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा विभिन्न कार्यक्रम गरी मनाईयो १०७औं नारी दिवस

२५ फाल्गुन २०७३, बुधबार १६:४९


फागुन २५, अर्घाखाँची । महिला सम्मानको आधार, सिपयुक्त हात र स्वरोजगार भन्ने मुख्य नाराका साथ आज अर्घाखाँची सहित देशभर विभिन्न कार्यक्रम गरी १०७ औ अन्तरराष्ट्रिय महिला दिवस मनाईएको छ । 

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्रा्िष्ट्रय श्रमिक महिला दिवस मनाउने थालिएको हो ।

सदरमुकाम सन्धिखर्कको शान्तिबगैचाबाट सुरु भएको ¥याली मिडीया चोक, पुरानो वसपार्क, भक्तीटोला, वसपार्क, हललाईन हुदै शान्तीबगैचा आई सभामा परिणत भएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै स्थानिय विकास अधिकारी प्रदीप पौडेलले पुरुष सरह महिलाहरुले काम गर्न सक्ने भएकोले कुनै पनी काममा पछि नहटन आग्रह गर्नुभयो । नेपाली कांग्रेसका जिल्ला उपसभापती शान्ता भण्डारीले कांगेस अर्घाखाँचीले महिला र पुरुषलाई समान पद दिएकोले पुरुष सभापती भए उपसभापती महिला बनाई सुरुवात गरेकोले लगत्तै हुदै गरेको स्थानिय निकाएको चुनावमा महिला मेयर तथा अध्यक्ष भए पुरुष उम्मेदवार तथा उपाध्यक्ष भई महिला र पुरुषलाई समान पद दिएर सुरुवात गर्न आफु लागिपर्ने बताउनुभयो ।

नेकपा एमालेका उपाध्यक्ष जिवनारायण कोईराला, राप्रपाका सचिव शम्शुदीन मियाँ, जनमोर्चाका सचिव गोपाल पौडेल, नयाँ शक्तीका दिनेश सुनार, परिवार दलका डिल्लीराज भुसाल, नेपाल महिला संघका लक्ष्मी श्रेष्ठ, अनेमसंघका विजुला रायमाझी, अनेमसंघ जनमोर्चाका कल्पना पोखरेल, नयाँ शक्ती महिला संघका श्रृजना विक, अन्तरपार्टी महिला सञ्जालका ईश्वरा पोखरेल, एकल महिला संघका जिल्ला अयष खगिश्वरा वस्याल, पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल, लालिगुरास महिला बचतका जानका बन्जाडे लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा सांस्कृतिक प्रस्तुती समेत रहेको थियो । 

दश समुहको सहभागीता रहेको कार्यक्रममा लागीगुरास महिला बचत तथा ऋण सहकारी संस्था प्रथम, प्रगतिशिल समुह दृतिय, माछापुच्छे्र समुह तृतिय र सुआहारा परियोजनाको समुह शान्तव्ना भएका थिए । विजयी समुहहरुलाई नगद रु ४०००, ३०००, २००० र १००० सहित प्रमाण पत्र सहित पुरस्कार वितरण गरिएको थियो ।

महिला तथा बालबालीका कार्यालय अर्घाखाँचीको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता निमित्त महिला विकास अधिकृत विमला लम्छाल, गिता पाण्डेको स्वागत तथा नेपाल महिला संघका जिल्ला सचिव छमा कार्कीको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट