2026-10-17 04:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीको मालारानीमा कृषकलाई बाख्रा वितरण

काठमाडौं ।  मालारानी गाउँपालिकामा आयआर्जन वृद्धि गर्न कृषकलाई बाख्रा वितरण गरिएको छ ।
‘भोकलाई एक छाक भोजन होइन जिउने जुक्ति सिकाउँ’ भन्ने मूल नाराका साथ मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत आर्थिक समृद्धिका लागि वडा नं ६ मा पहिलो र दोस्रो परियोजनामा गठन भएका मूल तथा उपहार समूहमा उपहार कोषको रकमबाट ११ वटा बाख्रा उपहार प्रदान गरिएको हो ।
गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीण तथा सामुदायिक स्वास्थ्य विकास केन्द्र नेपालको सहजीकरणमा गाउँपालिकामा सञ्चालन भएको मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत बाख्रा वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष दीपा पोख्रेलले बताउनुभयो ।
निम्न आयस्रोत भएका किसानको आयआर्जन वृद्धि गर्न मालारानीमा सञ्चालन भएको यो कार्यक्रम प्रभावकारी भएको उपाध्यक्ष पोख्रेलको भनाइ छ । गाउँपालिकाका उपाध्यक्ष पोख्रेल, वडाध्यक्ष नारायणप्रसाद अर्याललगायतको उपस्थितमा बाख्रा वितरण कार्यक्रम सम्पन्न गरिएको मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाका परियोजना संयोजक दिनेश बेल्वासेले बताउनुभयो ।
विभिन्न वडामा यस परियोजनाअन्तर्गत बाख्रा उपहार कार्यक्रम गरिँदै आएको मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाका लेखापाल अर्जुन खनालले जानकारी दिनुभयो । निम्न आयस्रोत भएका किसान लक्षित कार्यक्रम हेफर प्रोजेक्ट नेपालको सहयोग मालारानीमा सञ्चालित छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु