डिल्लीराज रावत | चैत्र ३, सल्यान । विज्ञान र प्रविधिको विकास गर्न सकिएमा त्यसले हाम्रो जिवनलाइ सरल बनाउछ । मान्छेले सरलयन्त्रको प्रयोगबाट ठुला ठुला कामहरु सजिलै गर्न सक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... डिल्लीराज रावत | चैत्र ३, सल्यान । विज्ञान र प्रविधिको विकास गर्न सकिएमा त्यसले हाम्रो जिवनलाइ सरल बनाउछ । मान्छेले सरलयन्त्रको प्रयोगबाट ठुला ठुला कामहरु सजिलै गर्न सक"/>
१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

सल्यानमा नयाँ प्रविधि भित्रीयो, जुन प्रविधि संचालन हुँदा खर्च नै हुदैन

३ चैत्र २०७३, बिहीबार १५:४६

डिल्लीराज रावत | चैत्र ३, सल्यान । विज्ञान र प्रविधिको विकास गर्न सकिएमा त्यसले हाम्रो जिवनलाइ सरल बनाउछ । मान्छेले सरलयन्त्रको प्रयोगबाट ठुला ठुला कामहरु सजिलै गर्न सक्छन । त्यसैकारण मान्छेको जिवनशैली सजिलो पनि बनेको छ । 

सल्यानमा पनि नयाँ प्रविधिको प्रयोग भएको छ । कुनै जमाना थियो बर्षाको पानीको भर परेर खेति गर्ने त्यसपछी खोलाको पानी कुलो बनाइ टाढाबाट ल्याएर सिचाइ गर्ने त्यसपछी डिजेल तथा विद्युतको भरमा मोटर चलाएर पानी तानेर खेतिपाती गर्ने तर त्यो भन्दा पनि नयाँ प्रविधि सल्यानमा जडान भएको छ । 

सल्यानको बागचौर नगरपालिका २ जीउलामा हाइड र्याम पम्प जडान भएपछि २ सय मिटर माथीसम्म खोलाको पानी कुनैपनि खर्च नगरी पुगेको छ । खोलाबाट २ सय मिटर माथि रहेको खेतमा सिचाईको समस्या भएपछि स्थानिय किसानहरुले उक्त प्रविधिको पम्प जोडेका हुन ।

यो प्रविधि जोडिसकेपछि ताजा तरकारी वाली विकास कृषि समूहका अध्यक्ष धर्मराज डिसी साह्रै खुशी भएका छन । बर्षायाममा मात्रै तरकारी उत्पादन गरी बजार लिने आफुहरु हिउदमा मुहानको थोरै पानीको सिचाइमा थोरै मात्र तरकारी खेती गरेकोमा अव हिउदयामामा पनि मनग्य आम्दानी गर्न पाउनेमा विश्वस्त छन । उनले थपे “नजिकै बजार छ हामी जिल्ला कै २ नं. समूहले नजिकै बजार भएपनि माग अनुसारको तरकारी उत्पादन गर्न सकेका थिएनौ अव सक्नेछौं ।” 

उनि भन्छन “हामीले बर्षामा तरकारी खेती गथ्र्यौ तर हिउदमा तरकारी रोप्नलाई सिचाइ नहुने भएपछि गहुँ लगाउन बाध्य हुन्थ्यो त्यो समाधान हुने भएको छ ।” पानीकै प्रेसरले पानी माथी जाने भएकाले यो प्रविधि सजिलो र किसानका लागि लाभदायीक हुने भन्दै उनले १ मिनेटमा १५ लिटर सम्म पानी भरिने भएकाले खेतिपातीका लागि पानी पनि प्रसस्त हुने बताएका छन । किसानहरुले तरकारी उत्पादनका लागि चासो दिएपनि सिचाईको समस्याले उत्पादनमा समस्या तर यसको समाधान भएको उनको भनाइ छ । 

यो प्रविधि जडान गरेपछि नियमित संचालन हुने योगी इन्जिनियरिङ वर्कसपका प्राविधिक सुमननाथ योगी भन्छन । उनले भने “यो हाइड र्याम पम्प प्रविधि जडानमा थोरै रकम लागे पनि अपरेटिङमा कुनै खर्च हुदैन ।” अवको आर्थीक उन्नतीका लागि कृषि क्षेत्रमा विकास गर्नुपर्ने भन्दै उनले कृषिको विकासका लागि हाम्रा पाखाहरुमा खोलाहरुको पानी लिएर सिचाई गरि खेति गर्नसके आर्थिक उन्नती हुने बताएका छन । 

यो प्रविधिको बारेमा जानकारी दिदै प्राविधि योगी भन्छन “ यो प्रविधि भनेको कुनैपनि वाह्य शक्तीको प्रयोग विना पानीकै शक्तीले मात्र चल्ने प्रविधि हो । यसमा कम उचाइबाट खसालिएको धेरै पानीको शक्तीले थोरै मात्र पानीलाई निश्चित उचाईसम्म पुराउन सकिन्छ र यसको मर्मत सम्भार पनि सजिलो छ ।” 

बर्षामा आकासे पानीको भरपर्ने उक्त स्थानका किसानहरुका लागि वेमौसमी तरकारी खेती गरेर आर्थीक आय आर्जन गर्न सजिलो हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट