2026-06-27 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आउँदो निर्वाचनमा कस्ता व्यक्तिले लड्न पाउँछन् ? कसरी छानिन्छ उम्मेदवार ?

चैत ८, काठमाडौं । लामो समयको अन्तरपछी नेपालमा स्थानीय निकायको निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार यो पटक झन्डै ४ लाखको हाराहारीमा उम्मेदवार उठ्दैछन । यत्रो संख्यामा उम्मेदवारले लड्ने आगामी चुनावमा लड्न कस्तो मापदण्ड चाहिएला त ? यो कुरा धेरैलाई चासोको कुरा हो त्यसैले हामीले तपाईलाई यससम्बन्धि जानकारी गराउन गईरहेका छौं ।

- उम्मेदवार हुनका लागि नेपाली नागरिक हुनुपर्छ र उम्मेदवारी दर्ता गर्न नागरिकताको प्रमाणपत्र चाहिन्छ । 

- उम्मेदवारको उमेर कम्तिमा २१ बर्ष पूरा भएको हुनुपर्छ ।

- मतदाता नामावलीमा नाम दर्ता गराईसकेको हुनुपर्छ । 

- जुन स्थानमा तपाईंले मतदाता नामावली छ त्यहाँबाट मात्र तपाइले स्थानीय तहको चुनाव लड्न पाउनुहुन्छ । (उदाहरणको लागि यदि तपाईको नामावली धादिङ्ग जिल्लामा छ तर तपाइँ काठमाडौँको कुनै स्थानीय तहमा चुनाव लड्ने सोचमा हुनुहुन्छ भने तपाइले पाउनुहुन्न । यस्तो अवस्थामा तपाइँ चुनाव लड्न आफ्नो मतदाता नामावली भएकै स्थानको स्थानीय तहमा पुग्नुपर्ने हुन्छ ।) 

- उम्मेदवार हुनका लागि कुनै फौजदारी मुद्दा नलागेको र कारबाही नभोगेको नागरिक हुनुपर्छ ।

उम्मेदवार कसरी छानिन्छ ? 

स्थानीय निर्वाचनमा सम्वन्धित स्थानीय तह (जुन गाउँपालिका र नगरपालिका अन्तर्गत पर्छन) उल्लेख भएका त्यहाँका मतदाता नामावलीमा नाम भएका नागरिकहरुले बिभिन्न पदमा बिभिन्न दल तथा स्वतन्त्रबाट उठेका उम्मेदवारहरुलाई निर्वाचनको दिन मतदान गर्छन । 

एउटै मतदाताले ७ जना उम्मेदवार (स्थानीय तहको प्रमुख, उपप्रमुख, आफ्नो वडाको वडाध्यक्ष र बाँकी चार जना सदस्य)लाई मतदान गर्नेछ । यसरी निर्वाचनमा जसले पद अनुसार सबैभन्दा बढी मत प्राप्त गर्छ, त्यसको विजय हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी