चैत १२,  रोल्पा । पछिल्लो समयमा माओवादीको दसबर्से ‘जनयुद्ध’ को उद्गमस्थल भनेर चिनिने थबाङसँग लामो इतिहास छ । 

थबाङ सधैं राज्यको ‘कडा’ प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १२,  रोल्पा । पछिल्लो समयमा माओवादीको दसबर्से ‘जनयुद्ध’ को उद्गमस्थल भनेर चिनिने थबाङसँग लामो इतिहास छ । 

थबाङ सधैं राज्यको ‘कडा’ प्"/>

२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय निर्बाचनमा थबाङवासीको चाहना यस्तो छ !

२०७३, १२ चैत्र शनिबार ०२:०४


चैत १२,  रोल्पा । पछिल्लो समयमा माओवादीको दसबर्से ‘जनयुद्ध’ को उद्गमस्थल भनेर चिनिने थबाङसँग लामो इतिहास छ । 

थबाङ सधैं राज्यको ‘कडा’ प्रतिपक्षमा बसिरह्यो । सत्तासँग सधैं ‘टक्कर’ लिने थबाङले माओवादी जनयुद्धमा ‘हेडक्वार्टर’ को इतिहास बनायो । २०११ सालदेखि नै थबाङ ‘कम्युनिस्ट’ को गढ मानिन्थ्यो । 

सशस्त्र युद्ध बिसाएर माओवादी शन्तिप्रक्रियामा आइसकेपछि थबाङ फेरि रिसायो । असन्तुष्ट थबाङलाई फकाउन २०६४ सालको संविधानसभाका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल आफैं त्यही क्षेत्रबाट चुनाव लडे । उनले त्यो बेला चुनाव जिते । तर २०७० सालको संविधानसभाको निर्वाचन थबाङले बहिष्कार गर्यो । त्यो बेला माओवादी फुटिसकेको थियो । सारा थबाङवासी मोहन वैद्यले अगुवाइ गरेको पार्टीमा थिए ।

वैद्यबाट विप्लव फेरि बाहिर निस्किए । सारा थबाङवासी विप्लवका समर्थक भए । एक महिनाअघि विप्लव नेतृत्वको माओवादीको पार्टी महाधिवेशनको बन्दसत्र थबाङमै भएको थियो । त्यसका लागि सारा थबाङीहरू मिलेर गाउँमा एउटा ठूलो सभाहल बनाए । महाधिवेशनले ‘चुनाव’ बहिष्कार नीति पारित गरेको छ ।

तर यसपालि भने थबाङवासी चुनाव चाहन्छन् । अघिल्लोपटक चुनाव बहिष्कार गर्दा थबाङवासी आफूहरू ‘ठगिएको’ महसुस गर्छन् । विप्लव समर्थक माओवादी अगुवा रेशम शाह (घर्ती) भन्छन्, ‘अब हामीलाई पनि यहाँको विकासका लागि नेता चाहिन्छ । पार्टीको नीति र बहिष्कार गर्ने नै हो तर हामीले आफूअनुकूल चुनाव उपयोग गर्छौं ।’यसका लागि थबाङवासीले पार्टीसँग पनि अनुमति मागेका छन् ।

थबाङवासी वैशाख ३१ का लागि तय गरिएको स्थानीय तहको चुनावलाई आफूअनुकूल उपयोग गर्ने पक्षमा छन् । त्यहीअनुसार उनीहरूले ‘उम्मेदवार’ पनि खोजिरहेका छन् । ‘हामी सधैं राज्यको विपक्षी भएर बस्यौं । अघिल्लो चुनावमा भोट पनि हालेनौं तर अहिले सारा विकासे कामका लागि नेताहरूकै दैलोमा कुद्नुपर्दा आफैंलाई अप्ठ्यारो लाग्छ’, शाह भन्छन्, ‘त्यै भएर अब यसपालिको चुनाव हामीले उपयोग गर्नुपर्छ कि भन्ने लागेको छ ।’

खासमा पुष्पकमल दाहालले ‘बाटो बिराएको’ भन्दै रिसाएका थबाङवासी अझै ‘क्रान्ति’ चाहिएको ठान्छन् । २०२९ सालमा कम्युनिस्ट पार्टीको औपचारिक सदस्यता लिएका खड्गबहादुर बुढा भन्छन्, ‘जनता र कार्यकर्ताको जुन लक्ष्य र बलिदान थियो त्यो पूरा भएन । हामी अझै क्रान्ति जारी छ भन्छौं तर दाहालले बाटो बिराए ।’ यही कारण सारा थबाङवासी अहिले विप्लवको नेतृत्वमा छन् ।

सामूहिकतामा विश्वास राख्ने थबाङवासी सधैं गाउँका अगुवा नेताकै भरमा हुन्छन् । गाउँका अगुवा नेताको अनुमतिबिना सितिमिति उनीहरू आफ्नो कुरा खोल्दैनन् । उनीहरूले जुन पार्टीलाई समर्थन गर्न सल्लाह दियो त्यही मान्छन् । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा