चैत ३०, काठमाडौं । गौरिघाटस्थित बागमति नदि किनारमा रहेको दिव्य पार्टी प्यालेसमा गोली लागेर ‘कहलिएका गुण्डा’ दावा लामा घाइते भएको सूचना आएपछि महानगरीय प्रहरी परिसर क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ३०, काठमाडौं । गौरिघाटस्थित बागमति नदि किनारमा रहेको दिव्य पार्टी प्यालेसमा गोली लागेर ‘कहलिएका गुण्डा’ दावा लामा घाइते भएको सूचना आएपछि महानगरीय प्रहरी परिसर क"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दावा लामालाई गोली हानेपछि एसएसपीलाई फोन

३० चैत्र २०७३, बुधबार ०२:२६

चैत ३०, काठमाडौं । गौरिघाटस्थित बागमति नदि किनारमा रहेको दिव्य पार्टी प्यालेसमा गोली लागेर ‘कहलिएका गुण्डा’ दावा लामा घाइते भएको सूचना आएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छबिलाल जोशी र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्य घटानस्थलतर्फ जाँदै थिए ।

जोरपाटी नयाँ वस्तीमा बस्दै आएका लामा पार्टी प्यालेसमा रहेको हेल्थ क्लबमा नियमित आउँथे। मंगलबार बिहान ९: २० मा उनले क्लब अगाडि गाडी रोकेर पार्टी प्यालेसको गेटभित्र प्रवेश गर्ने वित्तिकै गोली प्रहार भएको थियो ।

घटनास्थल जाँदै गरेका जोशीको मोबाइलमा ९:४०मा कल आयो । नम्बर देखिएको थिएन । प्राइभेट लेखिएको थियो । उनले फोन उठाए । ‘म हङकङबाट लोप्साई राई बोलेको,दावा लामालाई मैले गोली हान्न लगाएको हुँ।’ किन गोली हानेको भनेर सोध्दा जवाफ आयो,‘ उसले मलाई यतिधेरै दुःख दिएको छ त्यो सुन्नुभयो भने तपाईँ रूनुहुन्छ ।’

जोशीले भने,‘ घटनामा संलग्न जहाँ भए पनि जोगिन सक्दैन। म रूने होइन तँ रूने दिन आयो अब।’तीन मिनेट २० सेकेन्ड लामो कुराकानी टुंगियो ।   -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी